एक सेल्फिले तनावमा नायिका !

फिल्मी फण्डा । एउटा नायिकाले सेल्फि खिचेर सामाजिक सञ्जालमा राख्दा उक्त फोटोलाई फोटोशपबाट इडिट गर्दै सेक्स टोय राखिदिएपछि अहिले उक्त फोटो भाइरल भईरहेको छ । फोटो भाइरल भएसँगै फोटोमा देखिएकी नायिका तनाबमा परेकी छिन्।
यो घटना छिमेकी राष्ट्र भारतको हो । बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन । बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् ।
अर्कोतर्फ केही हिरोइनहरु आफैंले चाहेर विवादित बन्छ् केहीलाई भने अरुले विवादित बनाइदिन्छन् । अरुका कारण बदनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा परेकी छिन् । जसको एउटा सेल्फी अरु कसैले एडिट गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै बदनामी सहनुपरेको छ ।
आफ्नो फोटो छेडछाड गरेको उल्लेख गर्दै उनले प्रश्न गरिन् आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन् । कसैले यो फोटो डाउनलोड गरेर एडिट गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो । ती व्यक्तिले यो फोटो एडिट गरेर त्यसमा सेक्स टोय थपिदिए जसका कारण यो फोटो निकै भाइरल भयो ।
मलाई अहिले तनाव भएको छ । नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । उनले ओर्जिनल फोटो पनि सँगै सार्वजनिक गरेकी छिन् ।
यो पनि पढ्नुहोस् :
रणवीर र दीपिकाको फिल्म ‘८३’लाई टिभिमा प्रदर्शन गर्ने प्रस्ताव
फिल्मी फण्डा । विश्वभर फैलिएको कोरोना भाइरका कारण बलिउडका थुप्रै फिल्म रोकिएका छन्। त्यसैमध्ये एक क्रिकेटर कपिल देवको जीवनीमाथि बनेको फिल्म ‘८३’ पनि हो।
रणवीर सिंह र दीपिका पादुकोण अभिनित यो फिल्म अप्रिल १० मा रिलिज गर्ने तय भएको थियो। तर, कोरोनाका कारण रिलिज हुन सकेको छैन।
कविर खान निर्देशित स्पोस्र्ट ड्रामाले सन् १९८३ मा भारतीय क्रिकेट टोलीले विश्वकप जितेको कथावस्तुलाई समेटेको छ।
सिनेमा हलमा फिल्म प्रदर्शन गर्न रोक लागेपछि प्रतिष्ठित कम्पनी ‘ओभर द टप’ले टिभीमार्फत फिल्म प्रर्दशनका लागि प्रस्ताव गरेको छ। यो कम्पनीले एक सय ४३ करोड भारतीय रुपैयाँमा फिल्म किन्ने प्रस्ताव राखेको जनाएको छ।
फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टका सिइओ शिवाषिश सरकारले यसलाई अस्वीरका गरेको जनाएका छन्। उनले भनेका छन, ‘८३ ठूलो पर्दाको लागि बनेको हो। हामीले टिभीमार्फत प्रर्दशनमा ल्याउने कुनै योजना बनाएका छैनौं।’
उनले कोरोना त्रासको यस्तै रह्यो र ६ महिना पछिसम्म पनि सिनेमा हलमा आउने स्थिति देखिएन भने पुर्नविचार गर्ने बताए।
यो फिल्मसँगै कम्पनिले लकडाउन र त्यसपछिको त्रासदिपूर्ण स्थिति अवधिभरका लागि पर्याप्त सामग्री जम्मा गर्न कम्पनीले महंगो रकममा फिल्महरु खरिदको प्रस्ताव राखेको विश्लेषकको दावी छ। जसमा ‘द कार्गि गर्ल’, ‘कुली नं। १’, ‘गित्रि वेड्स सत्री’, ‘साइना’, ‘इन्दु कि जवानी’, ‘शेरसान खाली पिली’लगायतको सिनेमालाई फाइदाभन्दा बढि रकम राखेर प्रस्ताव गरिएको छ।
हिन्दी, तमिल, तेलेगु भाषामा निर्माण भएकोे ‘८३’ फिल्मका निर्माता तथा निर्देशकले भने दर्शकलाई केहि समय पर्खन आग्रह गरेका छन्।
यस फिल्ममा रणवीर सिंह र दीपिका पादुकोणसँगै साकिब सलीम, चिराग पाटिल, ताहिर राज भसीन, जतिन सरना, एमी विर्क, हार्डी संधू, पंकज त्रिपाठी र बोमन ईरानीलगातको अभिनय रहेको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस