मरिष्का पोखरेलको बलिउड फिल्म ‘यारा’को टिजर सार्वजनिक

फिल्मी फण्डा । लकडाउनको बीचमा बिवाह बन्धनमा बाँधिएकी नायिका मरिष्का पोखरेल अभिनित बलिउड फिल्म याराको टिजर सार्वजिनक गरिएको छ ।
विद्युत जम्वालको आधिकारिक च्यानलबाट फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्ममा विद्युत जम्वालसँगै श्रुति हसन र मरिष्का पोखरलेको अभिनय रहेको छ ।
भिडियोमा वारमो सिनमा मरिष्कालाई देखाइएको छ । मरिष्काको भुमिका कस्तो र कति छ भने अहिलेसम्म जानकारीमा आएको छैन । त्यसको लागि जुलाई ३० सम्म कुर्नै पर्ने हुन्छ ।
जुलाई ३० मा फिल्म यारा जि ५ बाट प्रदर्शन हुदैछ । कोभिड–१९ का कारण फिल्म सिधै ओटीटी प्लेटफर्म र जि ५ च्यानलमा प्रदर्शन हुन लागिएको हो । फिल्मको छायाँकन नेपालमा पनि भएको टिजरमा देखाइएको छ ।
भक्तपुर र लिलितपुर लगायतका ठाउँमा छायाँकन भएो टिजरमा देखाइएको छ । नायिका मरिष्काले पनि आफ्नो सामाजिक सञ्जालबाट टिजर सेयर गर्दै बलिउड फिल्मको पार्ट बन्न पाएकोमा खुबी व्यक्त गरेकी छन् ।
हाल मरिष्का अष्ट्रेलियामा रहँदै आएकी छन् । नेपाली फिल्ममा उनलाई संभावनाको रुपमा हेरेपनि के म तिम्रो हैनर डेब्यु फिल्ममै उनले असफलता हात पार्नुपर्यो ।
फिल्म लम्फु खेलेपछि उनी फिल्मबाट टाढिन् । उनी पछिल्लो समय म्युजिक भिडियो र स्टेज कार्यक्रममा व्यस्त हुदै आएकी थिईन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस