• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘तिम्रो ल्याङ्ग ल्याङ्ग २’ को ट्रेलर सार्वजनिक

  • 2020-10-12 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा ।   पहिलो सिजनको सफलता पछि वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को सिजन २ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

    पहिलो सिजनबाट दर्शकहरुको मन जिते पछि सिरिजका निर्माण टिमले सिजन २ ल्याउन लागेको हो। युवा पुस्तालाई लक्षित गरेर बनाईएको सिरिजको ट्रेलर हासो रोदन प्रेम बिछोड आदि देख्न सकिन्छ। यहि कार्तिक ३ गते बाट सार्वजनिक हुन लागेको सिरिज करिब १६ एपिसोडको हुनेछ। सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युटुब च्यानल र हिमालयन टेलिभिजमा प्रत्येक सोमबार राती ८।३० बजे प्रशारण हुनेछ।

    निर्देशक मानन्धरले दिएको जानकारी अनुसार जसरी पहिलो सिजनमा सिरिजका कलाकारहरुले कमेडी ड्रामा लिएर दर्शकहरुलाई हँसाएका थिए, त्यस्तै दोश्रो सिजनमा भने समसामयी विषयलाई समेटेर सामाजिक कथावस्तु प्रस्तुत गरिनेछ। ह्याप्पी रेकर्ड्सले निर्माण गरेको सिरिजको सम्पूर्ण छायांकन काठमाडौँ उपत्यकामा नै गरिएको हो। सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान आदि रहेका छन।

    सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिचेका हुन। त्यस्तै ड्रोनमा गौरव कंसाकार, मार्केटिंग एजेन्सीमा मलीन मिडिया एण्ड इभेन्ट , लाईट्समा सुमन श्रेष्ठ , मेक अपमा शृति श्रेष्ठ, साउण्डमा रिकेश सयामी, ग्राफिकमा विवेक खत्री, प्रोडक्सन म्यानेजरमा बिपिन श्रेष्ठ रहेको सिरिजको शिर्ष गीतको शब्द भने कर्ण श्रेष्ठ तथा संगीत अलमोडा राना उप्रेतीको रहेको छ। सिरिजको सम्पादन भने निदेशक स्वयम्ले गरेका हुन्।

     

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा
    जबरजस्ती फिल्म हल खोल्दा संक्रमण फैलिने राजेश हमालको तर्क
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    ८औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तेस्रो दिन ७ फिल्महरु प्रदर्शन
    कार्टुन ‘टम एन्ड जेरी’ फिल्मको शैलीमा निर्माण हुने
    हाँस्य श्रृखला गोलमालको चर्चा बढ्दो,म्याकुरी, खबपु, एलिस, खुइली लगायतका कलाकारको अभिनय
    कान्तिपुरकर्मी गोकर्ण गौतमको असमायिक निधन

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073