कार्टुन ‘टम एन्ड जेरी’ फिल्मको शैलीमा निर्माण हुने

फिल्मी फण्डा । ‘टम एन्ड जेरी’यो कार्टुन टिभीमा नभइ ठूलो पर्दामा आउने तयारीमा छ ।
यसलाई फिल्मको शैलीमा निर्माण गरेर सिनेमा हलमा प्रदर्शन गरिँदैछ । अहिले सोसल मिडियामा फिल्मको ट्रेलर भाइरल भएको छ ।
ट्रेलरलाई दर्शकहरुले निकै मन पराएका छन् । टिम स्टोरीको निर्देशनमा बनेको एनिमेटेड कमेडी फिल्म ‘टम एन्ड जेरी’ ५ मार्च २०२१ मा सिनेमा घरमा प्रदर्शन हुँदैछ ।
२९ वर्षपछि दर्शकले टम र जेरीको लडाई र नोकझोकलाई ठूलो पर्दामा हेर्न पाउनेछन् ।
यसअघि सन् १९९२ मा ‘टम एन्ड जेरी स् द मुभी’ शीर्षकमा निर्माण भएको फिल्म सिनेमा हलमा प्रदर्शन भएको थियो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस