• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पौष १० गते हल खोल्ने संघको सरकारलाई चेतावनी

  • 2020-12-14 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयसम्म बन्द रहेको नेपाली फिल्म क्षेत्र खुल्ने वारे सरकारले कुनै ठोस निर्णय दिन सकेको छैन । विभिन्न समयमा हल खोल्नुपर्ने माग गर्दै हलवालाहरुले सरकारलाई ज्ञापनपत्रहरु बुझाँउदै आएका छन् ।

    पटक पटक फिल्म क्षेत्रका लागि केही मागहरु राखि हल खोल्न अनुरोध गरेपनि सरकारले वेवास्ता गरेको भन्दै हलवालाहरुको छाता संस्था नेपाल चलचित्र संघले चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । सोमवार संघको कार्यालयमा प्रेस मिट गर्दै सो वारे संघले जानकारी दिएको हो ।

    सबैभन्दा शुरुमा पौष १० गते हल खोल्ने संघले सरकारलाई चेतावनी दिएको छ । ‘हामी पौषको १० गतेदेखि हल खोल्छौं । सरकारले हामीलाई पक्राउ गर्छ भने हामी तयार छौं । हाम्रो पेट खाली भएको धेरै समय भइसकेको छ । अब पनि हामी यसरी चुपचाप बस्न सक्दैनौं । की सरकारले जिम्मेवारी लिनुपर्यो । की हल खोल्न अनुमति दिनुपर्यो’, संघका अध्यक्ष मधुसुदन प्रधानले फिल्मी फण्डासँग भने ।

    ‘सरकारको आश्वासनमा बस्न नसक्ने भएपछि बाध्य भएर चरणवद्ध आन्दोलनको तयारी गरेका हौं’, संघका महासचिव अशोक शर्माले भने । पौष १० मा कुन फिल्म रिलिज गर्ने भने जानकारी संघले दिएको छैन । तर, पौष १० बाटै आवश्यक रुपमा केही हलहरु खोलेर नेपाली फिल्म क्षेत्र चलायमान बनाउन पहल थालनी गर्ने संघले जनाएको छ ।

    कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढि मारमा परेको क्षेत्र फिल्म क्षेत्र हो । सबै क्षेत्र कोरोना प्रभावकै बीचमा खोलिसकेको अवस्थामा पूर्ण मापदण्ड पालना हुने र कम जोखिम हुने क्षेत्र खोल्न सरकारले आनाकानी गरिरहेको संघको आरोप छ ।

    संघले पौष १० मा हल खोल्ने चेतावनीसँगै केही मागहरु सरकार समक्ष राखेका छन् । फिल्म क्षेत्रलाई कोरोना प्रभावको अति प्रभावित क्षेत्रमा राख्नुपर्ने, विद्युत महसुल डिमाण्ड चार्ज मिनाह गर्नुपर्ने, मौद्रिक नीतिमा फिल्म क्षेत्र राख्नुपर्ने, उद्योगको मान्यता दिनुपर्ने, मनोरञ्जन कर खारेज गर्नुपर्ने,

    दुईबर्षसम्म मूल्य अभिवृद्धि कर मिनाह गर्नुपर्ने, विकास शुल्क खारेज गर्नुपर्ने र उपकरणहरु आयात गर्दा भन्सार छुट हुनेपर्ने लगायतका मागहरु संघले अघि सारेका छन् । पौष १० मा कुन फिल्म रिलिज हुने वा दर्शक हलसम्म आउने हुन् की हैनन् भन्ने विषयमा संघले कुनै जानकारी दिएको भने छैन । यस वारे अहिलेसम्म तयारी शुरु नभएकोले आजकै दिनबाट तयारी शुरु गरिने पनि संघले जनाएको छ ।

    फोटो – नविन कार्की


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073