फिल्म ‘जात्रै जात्रा’ यु ट्युबमा सार्बजनिक

फिल्मी फण्डा। ब्यबसायिक रुपमा सफल बनेको फिल्म ‘जात्रै जात्रा’ यु ट्युबमा सार्बजनिक भएको छ ।
निर्देशक प्रदीप भट्टराईले गरेको फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर,दयाहाङ राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहेको फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहेका छन् ।
षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाइ शिवराम श्रेष्ठले छायांकन गरेका छन् ।
फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । ‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु भएको छ ।
फिल्म:
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस