प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा

फिल्मी फण्डा । साउथका चर्चित अभिनेता प्रभाषको नयाँ सिनेमाको आधिकारिक घोषणा भएको छ ।
सिनेमाको निर्माण टिमले प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’को निर्माण घोषणा गरेका छन् ।सिनेमालाई ‘केजीएफ’ निर्देशक प्रशान्त निलले निर्देशन गर्नेछन् ।
सिनेमा प्रभासको अलवा को–को रहने भन्ने बारे निर्माण टिमले जानकारी दिएका छैनन् । हम्बल फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमामा विजय किरागन्दुरको लगानी रहने छ ।
सिनेमालाई तेलुगु, तामिल, कन्नड, मल्यालम र हिन्दी गरी पाँच भाषामा रिलिज हुनेछ ।
प्रशान्त निल निर्देशित प्रतिक्षित सिनेमा ‘केजीएफ २’ छायाँकनको अन्तिम
चरणमा छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस