• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

ब्रिटिश काउन्सिलले पनि नेपाली फिल्ममा लगानी गर्दै

  • 2020-12-11 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । लकडाउनपछि नेपाली फिल्म क्षेत्र लगभग शुन्य अवस्थामा छ । फिल्मकर्मीहरु यतिखेर समस्यामा छन् । कोरोना भाइरसको प्रभावसँगै नेपाली फिल्म निर्माणमा ह्रास आउने निश्चित छ । निर्माण शुरु भईहालेपनि पुरानै लयमा हुने हो वा होईन, कुनै निक्र्यौल छैन ।

    नेपाली फिल्म क्षेत्रले कोरोना भाइरस पछिको अवस्थामा कस्तो विषवस्तुलाई प्रथामिकता दिनुपर्छ भन्ने स्पष्ट खाका र अध्ययन पनि छैन । यसै विषयलाई आधार बनाएर चलचित्र विकास बोर्डले स्टोरी बैंकको अवधारण अघि सारेको छ ।
    बजारबाट मौलिक र समाजिक विषयवस्तुसहितको कथालाई माग गरि उत्कृष्ट चयन गरि निर्माणमा सहयोग गर्नको लागि स्टोरी बैंक स्थापना गरिएको हो ।

    बोर्डले केही दिन अगाडी मात्रै सार्वजनिक सूचना नै जारी गरि कार्यविधि भित्र रहेर पटकथा दर्ता गर्न आह्वान गरेको हो । स्वदेशी फिल्मको विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, लैङ्गिक,

    सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा फिल्म निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथा (स्कृप्ट) को छनौट गरी सहनिर्माण गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथा (स्कृप्ट) मा निर्माण भएका फिल्महरुको अन्तर्राष्ट्रिय स्तरमा गैरव्यवसायिक प्रदर्शन (महोत्सव, अवार्डमा सहभागिता) लाई प्रोत्साहित गर्न लागिएको बोर्डले जनाएको छ ।

    नियमानुसार २१ दिनभित्र ईच्छुक महानुभावहरुले पटकथा पेश गर्न बोर्डले सूचना जारी गरेको हो । विकास बोर्डले पहिलो पटक यस्तो अवधारणा अघि सारेको हो । राम्रो र मौलिक फिल्ममा सरकारको पनि लगानी हुनपर्छ र जिम्मेवारी हुनपर्छ भन्ने मान्यताका साथ स्टोरी बैंकलाई अघि सारेको बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।

    बोर्डको सो कार्यक्रममा ब्रिटिश सरकारको नेपालस्थित ब्रिटिश काउन्सिलले पनि सहकार्य गरेका छन् । चलचित्र विकास बोर्डले भने सबै खालका फिल्महरुको लागि स्टोरी बैंक स्थापना गरिएको हो । तर ब्रिटिश काउन्सिलले भने छोटो फिल्मका लागि मात्रै सहकार्य गरेको बताइएको छ ।

    काउन्सिलले केही साता अघि मात्रै बोर्डसँग त्यस्ता फिल्महरु निर्माणमा सहकार्य गर्ने गरि सम्झौता गरेको हो । काउन्सिलले हाललाई तीनवटा छोटो फिल्मको लागि चार लाख बराबरको आर्थिक सहयोग गर्ने बताइएको छ । त्यस्तो फिल्ममा लैगिंक विषयलाई उत्थान गरिएको हुनुपर्ने काउन्सिललका कला प्रमूख निश्चल ओलीले बताएका छन् ।

    काउन्सिलले यस अघि पनि महिला, बालबालिका, समाजिक, चेतनामूलक तथा लैगिंक हिंसाका वारेमा निर्माण हुने छोटा फिल्महलाई सहयोग गर्दै आएका थिए । यो पटकदेखि काउन्सिलले चलचित्र विकास बोर्डसँग नै सम्झौता गरि सहकार्य गरेका हुन् ।

    त्यस्ता फिल्महरुको प्रचार प्रसार, प्रदर्शन तथा प्रवद्र्धनमा समेत काउन्सिलले सहयोग गरिने बताइएको छ । विभिन्न देशमा हुने फिल्म फेष्टिभल, अवार्डहरुमा समेत प्रतिनिधित्व गराउन काउन्सिलले पहल गरिने जनाएको छ । फिल्मी फण्डासँग कुरा गर्दै कला प्रमूख ओलीले बेलायत, लण्डन, युरोपलगायतका ठाउँमा फिल्मको प्रवद्र्धन र प्रदर्शन गर्न समेत पहल गरिने बताए ।

    शुरुको लागि स्टोरी बैंकसँग तीन वटा छोटा फिल्मको लागि सहकार्य गरेर त्यसको प्रभाव र प्रतिफल हेरेर आगामी दिनमा सहकार्य बढाउँदै लैजाने उनले बताएका छन् । तीन वटा छोटा फिल्मका लागि १२ लाख नगद सहित प्रचार प्रसार र प्रवद्र्धनमा गरि २३ लाख बराबर खर्च गर्न लागेको ओलीले फिल्मी फण्डालाई बताए ।

    विकास बोर्डले भने छोटा फिल्म, प्रयोगात्मक फिल्म, डकुमेन्ट्रि, फिचर फिल्मलाई समेत सहयोग गर्न लागेको हो । बोर्डको नियमानुसार पटकथा दर्ता गरिसकेपछि विशेष टिमले उत्कृष्ट फिल्म छनोट गरिनेछ । छनौट गरिएको फिल्मको लागि बोर्डले आवश्यकता हेरि आंशिकदेखि पूर्णरुपमा लगानी गरिदिने व्यवस्था तय गरेको छ । यस्तै लैगिंक हिंसा वा विषयवस्तुमा आधारित छोटा फिल्मको लागि भने बोर्डसँगै ब्रिटिश काउन्सिलले पनि सहयोग गर्नेछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073