• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म ‘चार दुना नौं’ बिहीबार देखी प्रसारण हुने

  • 2021-01-06 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकिय सामाजिक हाँस्य फिल्म ‘४ दुना ९’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ ।

    नेपालको ७७ वटै जिल्लामा बिभिन्न समयमा खिचिने यस फिल्म यस पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजीक कार्यक्रममा प्रसारण समय र टेलिभिजनबारे जानकारी गराइयो ।
    कार्यक्रममा अतिथीको रुपमा उपस्थित हुनुभएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रसंसा गर्नुभयो ।

    उहाँले नेपालको पर्यटकिय क्षेत्रहरुलाई एक फिल्ममार्फत देशब्यापी बनाउन खोजेको भन्दै सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गर्नुभयो । ‘पर्यटन बोर्डले गर्नुपर्ने काम कलाकारहरुले गर्नुभएको छ, यो त हाम्रो लागी निकै राम्रो कुरा हो । पर्यटन बोर्डले गर्न सक्ने सहयोग गर्नेछ ।’ रेग्मीले भन्नुभयो ।
    यस्तै कार्यक्रममा उपस्थित हुनुभएका सुचना तथा सञ्चार मन्त्रालयका प्रेस बिज्ञ राजेन्द्र मानन्धरले अहिलेको कोरोनाको अवस्थामा पनि देशको पर्यटनलाई उठाउन मद्धत गरेको भन्दै फिल्म टिमलाई शुभकामना दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘कोरोना भाइरसले आफै बिपदमा परिरहनुभएका कलाकारहरुले यति राम्रो काम गर्नुभएको छ ।

    यो फिल्मले जस्तै नेपाल टेलिभिजन पनि सबै बर्गको समावेशी टेलिभिजन बन्ने प्रयत्न गरिरहेको छ ।’ पर्यटकिय सामाजिक हाँस्य फिल्म ‘४ दुना ९’को पहिलो चार भाग नेपालको पर्यटकिय क्षेत्र जुम्ला र मुगुमा खिचिएको जानकारी गराइयो । यस्तै कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको प्रोमो पनि देखाइएको थियो ।

    फिल्मका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केहि कलाकारसँगै अन्य अधिकांश स्थानिय कलाकारको अभिनय रहेको छ ।
    फिल्मका मुख्य कलाकार राजाराम पौडेलले छायांकनको क्रमको अनुभव सुनाउँदै भन्नुभयो, ‘सुरुको चार भाग खिच्न हामी जुम्ला र मुगुमा पुगेका थियौं ।

    त्यहाँको मौलिकताको प्रसंसा गरेरै सक्दिन, त्यहाँको रितिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यहि मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवस्थ मन पर्नेछ ।’
    जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिनुभयो ।

    ‘नेपालको पर्यटन, संस्कृती, प्राकृतिक बिबिधता, भाषा, जात, धर्म तथा बिभिन्न पर्वहरुको प्रचार तथा त्यसको संरक्षणका लागी बज्रलिंक मिडियाले यसअघि पनि काम गर्दै आएको छ । यसपटक हामी हाम्रो नेपालको पर्यटनलाई देशब्यापी बनाऔं भनेर हाम्रो तर्फबाट सोचेर यो फिल्म निर्माण गरेका हौं ।’ निर्माण कम्पनी बज्रलिंक मिडियाका अध्यक्ष समेत रहनुभएका निर्देशक लामाले भन्नुभयो ।
    साथै निर्माण कम्पनीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘देशको आर्थिक बिकासका लागी पर्यटनको मुख्य भुमिका रहने महशुस गरी हामीले पर्यटन बिकासमा टेवा पु¥याउने उद्देश्यले देशका बिभिन्न जिल्लामा पुगीमाथि उल्लेखित पक्षहरुलाई समेटी कथा खोजी त्यसलाई सोही स्थानमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुलाई तालिम दिई समावेश गरी छांयाकन भइरहेको छ ।
    बिभिन्न जिल्लाका जिल्लाबासी, स्थानिय सरकारको सहयोग, जिल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र जिल्लामा रहेका युवाहरुको रोजगारी लगायतका क्षेत्रमा यो फिल्मले महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने विश्वास राखेका छौं ।’
    यस टेलिचलचित्रको प्रत्येक भाग ३० मिनेट बरावरको हुनेछ ।

    ३० मिनेटको एक भाग समेटिने यस फिल्म प्रत्येक जिल्लामा ३ देखी ५ भाग सम्म छांयाकन हुने बताइएको छ । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिचित्रमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमश्रृंखलाहरु, तालहरु, नदि नालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुखजात्रा, पर्व, मेलाहरु, यहाँबसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति बिशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थीत पर्यटक लक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, बिकाश निर्माणका कार्यहरु आदि समेटिने बताइएको छ ।
    यस टेलिचलचित्रमा राजाराम पौडेल, रबिन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोबिन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दिप्त प्रकाश काश्यप, कबिता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ । प्रवेश पोखरेल र गोकुल रावतले खिचिरहनु भएको छ भने रबिन भट्ट र सौखिन तिमल्सिनाको सम्पादन रहनेछ । टेलिचलचित्रमा कर्मा डि लामा, गणेश तामाङ र कुइसाङ तामाङ रुम्बाको लगानी रहनेछ । कथा लेखक रेशम बुढाथोकी हुनुहुन्छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073