• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

  • 2021-01-10 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । कोरोना महामारीकै बिचमा फिल्म क्षेत्रलाई गतिशिल बनाउन फिल्म क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको फिल्म क्षेत्रका सरोकारवालाले बताएका छन् ।

    फिल्म  पत्रकार संघ दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको फिल्म बहस विषयक अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाले कोरोना कहरका कारण दर्शक हलसम्म पुग्ने सक्ने अवस्था अझै बनि नसकेको भन्दै कम्तिमा हप्तादिनमा मात्रै सिनेमा रिलिज हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।

    कोरोना महामारीका कारण बन्द भएका फिल्म हल विस्तारै खुल्ने क्रम शुरु भएपनि अझै पनि दर्शकहरु हलसम्म पुग्न नसकेको बताउँदै सरोकारवालाले फिल्म क्षेत्रलाई गतिशिल बनाउन फिल्म  उद्योगी र राज्य दुवै गम्भिर बन्नुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा फिल्म हल संचालक ललित श्रेष्ठले कोरोना महामारीका कारण हल लामो समय बन्द हुँदा श्रमिकलाई पारिश्रमिक दिन समस्या परेको बताउनुभयो । उहाँले अहिले हल संचालनका लागि आफु तयार भएपनि राम्रा फिल्म पनि पाउन नसकेको बताउनुभयो । राम्रा फिल्म पाए सुरक्षाका मापदण्ड अपनाउँदै हल संचालन गर्न सकिने उहाँको भनाई छ ।

    कार्यक्रममा फिल्म निर्माता संघका केन्द्रीय सदस्य रोहित अधिकारीले कोरोना कहरकै बिचमा फिल्म रिलिज गर्न निर्माताहरु डराइरहेको बताउनुभयो । कारोनाका कारण दर्शक नपाउने अवस्था रहेको भन्दै दर्शकलाई हलसम्म ल्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

    फिल्म हल संचालनका लागि राज्य पनि गम्भिर नभएको भन्दै उहाँले अहिलेको अवस्थामा राज्यले फिल्म उद्योगीहरुलाई अनुदानको व्यवस्था गरिदिनुपर्नेमा जोड दिनुभयो ।

    अहिले हल खुलेको जस्तो देखिएपनि पूर्णरुपले सबैतिर हल संचालनमा आउन नसकेको भन्दै पूर्णरुपले हल संचालनका लागि हल संचालक व्यवसायी तयार हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा फिल्म निर्माता तथा निर्देशक मुनाल घिमिरेले कोरोना महामारी बन्द भएका हल संचालनमाफिल्म विकास बोर्डको भूमिका कमजोर देखिएको बताउनुभयो । उहाँले कोरोनाकै बिचमा फिल्म निर्माताहरु फिल्म दिन तयार रहेको बताउँदै राज्यले हल संचालनका लागि उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

    उहाँले फिल्म निर्माण गरिसकेपछि कम्तिमा पनि लगानी फर्किनुपर्ने बताउनुभयो । कोरोना महामारीका कारण फिल्म उद्योग धरासयी बन्दै गएकोले राज्यले फिल्म निर्माणमा अनुदान दिनुपर्ने बताउनुभयो ।

    फिल्म विकास बोर्डका पूर्व अध्यक्ष डा। अमर गिरीले हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो नभएको बताउनुभयो । उहाँले दर्शकलाई कोरोनाको डर कायमै रहेको हुँदा हलमा दर्शकले सुरक्षाको अनुभूति दिलाउनका लागि हल संचालकले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले फिल्म विकास बोर्डले हल संचालनका लागि आवश्यक सुरक्षा सामाग्रि पहल गर्ने बताउनुभयो ।

    फिल्म पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिब पुनको अध्यक्षता तथा फिल्म विकास बोर्डका पूर्व अध्यक्ष डा। अमर गिरीको प्रमुख अतिथि र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल दाङका सल्लाहकार शरद रेग्मी, डा लोकराज पराजुली , हाँस्य कलाकार कमल गाउँले र पत्रकार सर्मिला डि सी ले कोरोना जोखिमकै बिचमा सबै क्षेत्र चलायमान भइसकेको अवस्थामा फिल्म क्षेत्रलाई गतिशिल दिनुको विकल्प नभएको बताउनुभयो ।

    उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङ शाखाका निवर्तमान अध्यक्ष धुव्रराज न्यौपाने र सचिव पूर्ण केसीले गर्नुभएको थियो ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073