आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

फिल्मी फण्डा । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन सुरु भएको छ ।
आइतवार पोखराको बिन्दवासिनी मन्दिरमा शुभसाइन गरेपछि सोमवारबाट फिल्मको दृश्य खिच्न थालिएको निर्माता लक्ष्मण रिजालले जानकारी दिए । सोमवार आर्यन र उपासनाले पहिलो सट दिए ।
पोखरापछि निर्माण टिम मुस्ताङ जाने तयारीमा छ । काठमाडौंमा पनि खिचिने फिल्ममा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको पनि अभिनय रहनेछ ।
राम प्रसाद रिजालको प्रस्तुतीमा राज कुमार भट्ट निर्माता रहेको फिल्मको पटकथा तथा संवाद केदार भुषाल तयार पारेका हुन् । रोमान्टिक थ्रिलर जनरामा निर्माण हुने फिल्मको निर्देशन प्रबिन झाले गरिरहेका छन् । फिल्मका छायाँकार महेश आर गुप्ता हुन् ।
विपिका खनालको कथा रहेको फिल्ममा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका घटना तथा समस्यालाई देखाइने बताइएको छ । फिल्ममा नायक र नायिकाबीचको उमेर अन्तरको कुरा पनि उठाइएको निर्माता रिजालले बताए । फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत भरेका छन् । अर्को वर्ष २०७८को साउन १ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस