फिल्म ‘दुईटी स्वास्नीको पोइ कुना पसी रोइ’छायाँकन

फिल्मी फण्डा । फिल्म हल खुलेसँगै फिल्म तथा टेलिशृङ्खलाहरुको छायाँकनले गति लिन थालेको छ ।
यस्तैमा गोपाल ढकाल ‘छन्दे’को मुख्य भुमिका रहेको हाँस्य टेलिशृङ्खला ‘दुईटी स्वास्नीको पोइ कुना पसी रोइ’को पनि छायाँकन सुरु भएको छ । बुधबारबाट छायाँकन सुरु भएको शृङ्खला काठमाडौँको काभ्रेस्थली भेडीगोठ क्षेत्रमा छायाँकन भैरहेको कलाकार गोपाल ढकालले बताएका छन् ।
एसकेएस फिल्मस्को प्रस्तुतिमा निर्माण थालिएका, गीता नेपाल ‘दाउरी’को लेखन रहेको शृङ्खला ज्ञानकुमार कट्टेलले निर्देशन गरिरहेका छन् ।
शुभेच्छा थापा, विद्या कार्की, विशाल पहाडी, गोपाल ढकाल ‘छन्दे’, सुशिला निरौला ‘बिम्ली’, गीता नेपाल ‘दाउरी’, पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
शृङ्खलाका छायाँकार राजु श्रेष्ठ हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस