उदय र अनुमतिको ‘एक बारको जुनीमा’ रोमान्स

फिल्मी फण्डा । उदयराज शर्माको स्वर रहेको नयाँ गीत ‘एक बारको जुनीमा’ सार्वजनिक भएको छ ।
गीत सामाजीक सन्जालबाट सार्वजनिक भएको हो ।
गीतमा अरुण तिवारीको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । गीतमा पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका छन् ।
धादिङका विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियो शर्माले नै निर्देशन तथा सम्पादन गरेका हुन् ।
भिडियोमा टेलिफिल्ममा चर्चित कलाकार अनुमतिसँग शर्माले नै रोमान्स गरेका छन् । भिडियोमा प्रेमकथा देखाउने प्रयास गरिएको छ ।
भिडियो कालिका पौडेलले निर्माण गरेकी हुन् ।
भिडियो:
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस