सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

फिल्मी फण्डा । नयाँ सर्ट फिल्म ‘एक लभर’ युट्युबमा सार्वजनिक भएको छ।
रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ मा नेपालका युवायुवतीको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा पारेको असरलाई विषय बनाइएको छ। निर्माण गरेको हो।
निर्देशक ज्ञवाली नेपालमा यस्तो खालको घटना नेपाली समाजमा यथार्थसँग मिल्ने बताउँछन्।
निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका फिल्म सार्वजनिक गरिसकेका छन्।
निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी फिल्ममा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ।
राम्रो इन्टरटेनमेन्टको सह निर्माता रहेको फिल्मका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् ।
सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।
एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको फिल्म वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो ।
फिल्मको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस