• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा

  • 2021-01-24 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म ‘गणपति’ को छायांकन सुरु भएको छ । बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट फिल्मको छायांकन सुरु भएको हो ।

    फिल्मको छायांकनका लागि निर्माण टिम बुधवार राजधानीबाट त्यसतर्फ प्रस्थान गरेको थियो । गाउँले परिवेशमा खिचिने फिल्मको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ ।

    फिल्मलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । उनकै कथा, पटकथा तथा संवाद रहेको फिल्ममा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन् ।

    फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि।एल लगायतको अभिनय रहनेछ ।

    भगवान र मानिसबीचको फरक देखाइने फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहनेछ । फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकारको रुपमा छन् ।

    फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् । त्यस्तै, गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने जानकारी दिएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073