पदम र लायनको मौलिक गीत ‘कान्छु भनेर’ (भिडियो)

फिल्मी फण्डा । गायक तथा सर्जक पदम नेपालीको शब्द र दिप्लब खातीको संगीतमा मौलिक गीत ‘कान्छु भनेर’ सार्वजनिक भएको छ ।
दमौलीको सुन्दर ठाउँ रामथुम्कीमा छायंकन गरिएको गीतमा पदम र दिप्लब सहित जुना श्रीषमगरको आवाज रहेको छ ।
गीतमा डोलराज बाह्रघरे मगरको एरेन्ज तथा कुमार रानाको मिक्सिङ रहेको छ भने गीतको अडियो मारुनी डिजिटलले उत्पादन गरेको हो ।
भुपेन थापाले क्यामरामा कैद गरेको भिडियोलाई सुबास अम्गाईले सम्पादन र साजन थापाले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । लायन किङ टंकु र निर्मला नेपाली म्युजिक भिडियोका निर्माता रहेका छन् ।
पछिल्लो समयकी चर्चित मोडल उर्मिला गुरुङ र गायक तथा सर्जक पदम नेपालीलाई गीतको अभिनयमा देख्न सकिन्छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस