फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक

फिल्मी फण्डा । अभिनेत्री रेजिना उप्रेती र अभिनेता राजवीर पटेलको अभिनय रहेको फिल्म ‘कसिङ्गर’ सार्वजनिक भएको छ ।
धौलाश्री फिल्मको व्यानरमा निर्माण गरिएको फिल्म रेडबर्ड प्रोडक्सनले युट्युब मार्फत सार्वजनिक भएको छ ।
राजवीर र रेजिनासँगै ओम क्षेत्री, सुशील पोखरेल, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, सुवास नेपाली, कृपा वली, सम्झना पुन, सम्झना श्रीपाइली, समिक्षा बुर्लाकोटी, राजन भुजेल, विष्णु कार्की, कृष्ण स्यांगटाङ, एब बिसी पुन, डिल पुनलगायतको कलाकारहरुको अभिनय रहेको फिल्म राजवीरकै कथा, पटकथा र निर्देशनमा तयार भएको हो ।
फिल्ममा राजन पटेलको सम्पादन, सम्राट सापकोटाको द्वन्द्व, हरि नारायण चौधरीको छायाँकन, दीपक अधिकारी र विक्रम चौहानको कोरियोग्राफी रहेको फिल्म भीमराज पटेल सहनिर्माता तथा जगत पटेल कार्यकारी निर्माता हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस