• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पुष्पको ‘कृष्ण लीला’ नयाँ वर्षमा

  • 2021-01-28 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । पुष १० गतेबाट खुलेका सिनेमा हल दर्शकको पखाईमा भए पनि फिल्म निर्माण बढेको छ ।

    सरकारले छायांकन अनुमति दिएपछि केही फिल्मको छायांकन समेत पूरा भइसकेको छ । यसमध्ये एक हो, ‘कृष्ण लीला’ । यो फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ ।

    अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्मको केही दिनमा पहिलो गीत सार्वजनिक गरिँदैछ । प्राप्त जानकारी अनुसार, निर्माण पक्ष नयाँ वर्ष (२०७८) मा फिल्म प्रदर्शन गर्ने तयारीमा जुटेको छ । फिल्मलाई दीपक ओलीले निर्देशन गरेका छन्। यो फिल्म नयाँ वर्षमा प्रदर्शन भए पुष्पलाई निकै तनाब हुने देखिन्छ ।

    किनकि, उनी अभिनीत अर्को फिल्म ‘मनसँग मन’ नयाँ वर्षको छेको पारेर आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘कृष्ण लीला’ ले पनि नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गरे पुष्पको बक्सअफिसमा आफैंसँग भिडन्त हुनेछ, जुन हेर्न निकै रोचक हुनसक्छ । कृष्ण लीला’ मा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतको पनि अभिनय छ ।

    रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामिछानेको कोरियोग्राफी र बाबु श्रेष्ठको छायांकन रहेको छ ।

    रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073