• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै

  • 2021-01-12 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आगामी फागुन २७ गते रिलिज मिति तोकिएको फिल्म ‘लप्पन छप्पन २’ नेपालीसहित ४ भाषामा रिलिज हुने भएको छ ।

    फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा एकसाथ रिलिज गर्न लागिएको हो । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज बारे जानकारी दिएको छ । फिल्म मुकन्द भट्टले निर्देशन गरेका हुन् । फिल्मको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने निर्देशक भट्टले जानकारी दिए । फिल्म नेपाली भाषामा हलमा प्रदर्शनमा आउनेछ भने भारतको ओटीटीमा रिलिज गर्ने तयारी निर्माण युनिटले गरेको छ ।

    एक्सन जनरामा निर्माण भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्वदीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ ।

    खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्जित वन्तले अभिनयमा डेब्यू गर्दैछन् । पुरुषोत्तम प्रधानको छायाँकन, मुकन्दको पटकथा र संवाद रहेको फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन् । दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073