फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक

फिल्मी फण्डा । फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । यो फिल्म चैत्र २७ गतेबाट रिलिज हुने भएको छ ।
नयाँ बर्षको छेको पारेर निर्माणपक्षले फिल्म रिलिज गर्न लागेको हो ।
फिल्मको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शबद छ ।
गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ ।
यो भिडियोमा फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा राउतको नृत्य हेर्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा फिल्मको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् । गीतको भिडियोमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ ।
फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । कैलाश राइको निर्देशनमा बनेको फिल्ममा अरुण तामाङको लगाी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस