पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)

फिल्मी फण्डा । गायक एच. बी. सुनार र मन्जु उपासनाको युगल स्वरमा रहेको गीत ‘दिइसके यो जिवन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र पछिल्लो समय टिकटकमा हिट हुदै मोडेल बनेकी गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ ।
ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी,सुबोल थापाको कोरियोग्राफी ,रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ ।
दशकौ देखि नेपाली सांगीतिक छेत्रमा क्रियाशील गायक एबम संगीतकार एच. बी. सुनारका यसअघि दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन ।
एच. बी. र मन्जु मिलेर लामो समयदेखि मन्जरी संगीत पाठशालाको संचालन गर्दै आएका मन्जु गायन रियालिटी सो कार्यक्रम सिङगिङ स्टारकी जज समेत हुन ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस