• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल

  • 2021-01-24 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ चलचित्र ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि हिरोज्’ लेख्दै चलचित्रको शिर्षकलाई परिभाषित पनि गरिएको छ ।

    हमालसँगै अभिनय गर्ने अनुप बिक्रम शाहीको भने नाम मात्र उल्लेख गरिएको छ । ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुपको चरित्रको लुक्स सहित छिट्टै पोस्टर सार्वजनिक गरिने निर्देशक शंकर कार्कीले बताए । यो चलचित्रमा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमती जनाएको निर्माता रेशम सापकोटाले बताए ।

    ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको यो चलचित्रमा काम गर्न सहमती जनाउनको लागि अभिनेता हमालले आठ महिना लामो समय लिएका थिए । निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा पुरै चलचित्र टुडि  प्रविधिमा बनिरहेको छ । फ्लोरमा जानुअघि द्दम् मा हेरेर आवश्यक सुधार गरिने निर्देशक कार्कीले बताए ।

    यो चलचित्रमा हमाल नै मूख्य पात्र ९सत्यम० हुन् भने अनुप बिक्रम शाही भिलियनको रुपमा रहनेछन् । स्केच फोटोबाट चलचित्रमा हमालको चरित्र अनुमान गर्न सकिन्छ । यसअघि चलचित्र ‘सौर्य’मा एकसाथ देखिएका राजेश र अनुपको अभिनयलाई लिएर अहिले व्यापक चर्चा छ । लामो समयपछि चलचित्रमा फर्केका हमाल र भिलियनको रुपमा अत्याधिक रुचाईएका अनुपको भिडन्तको दर्शकमाझ व्यग्र प्रतिक्षा रहेको छ ।

    यो चलचित्रमा काम गर्न राजी भएका पल र उपासनाको भूमिका भने खुलाईएको छैन । छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी अडिशनबाट छनौट भएका अन्य कलाकारहरु तथा बाँकी जानकारी सार्वजनिक गरिने बताईएको छ ।

    अडिशनबाट अन्य दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारहरु छनौट गरिने बताईएको छ भने अन्य २२ कलाकारहरु पनि अडिशनबाट नै छानिनेछन् । चार जना मूख्य चरित्र अभिनेता, दुई जना मूख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरु पाँच जनाको लागि अडिशन हुनेछ ।

    काठमाण्डौमा यहि माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ । अडिशनमा सहभागि हुन चलचित्र निर्माता कम्पनी नवयुग सिनेमा प्रा.लि.को इमेल ठेगाना नवयुग डट रेनिशा जिमेलमा आफ्नो सम्पर्क नम्बर सहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ ।

    शंकर कार्कीले निर्देशन गर्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेखेका हुन् । यो चलचित्रमा निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी हुन् । चलचित्रमा कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलले संगीत दिएका छन् भने दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ ।

    चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामांग रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ । सार्वजनिक स्केच पोईन्टब्रेक मिडियाले बनाएको हो भने पोस्टर विजय बश्यालले बनाएका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073