• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

जात्राः भरपूर मनोरञ्जनको प्याकेज

  • 2017-01-20 
  • प्रकाशित

    Spread the love

    jatra-movie.jpg (810×504)

    पैसाको विषयलाई केन्द्रविन्दुमा राखेर हलिउड, बलिउड र नेपाली रजतपटमै धेरै फिल्म बनिसकेका छन् । अधिकांश फिल्मले पैसाको तागत र समाजसँग यसको गोलचक्कर साइनोबारे केलाएका छन् ।

    यसै क्रममा पछिल्लो पटक ‘जात्रा’ फिल्मले आम जनजीवनमा पैसाको स्थान र यसका अनेक कडी ‘नेपाली पारामा’ छामेको छ । समाजमा पैसाबाट मान्छेको इज्जत नापिँदा मानवीय भावना, सम्बन्धको जग र नैतिकता कसरी चकनाचुर हुन्छ, जात्राले जात्रा देखाउँदै जान्छ ।

    कथा हो तीन पुरुषको, जो अभावको दहमा भासिएको जीवनको रथ कसरी अघि बढाउने भनेर छटपटीमा बस्छन् । व्यापार-व्यवसायमा खटिए पनि नगद नारायणले नपत्याउँदा उनीहरु आ-आफ्नै समस्यामा रुमलिएका छन् । त्यस्तो अवस्थामा उनीहरुले जब आकस्मिक रुपमा थामिनसक्नुको पैसा पाउँछन्, झन् छटपटीको भवसागरमा डुब्छन् ।

    पैसा हुँदै नभएको र कतै पैसा पाए पनि हुन्थ्यो भनेर सुर्ताउने मान्छेले फ्याट्टै पैसा पायो भने के हुन्छ होला ? यसैको सेरोफेरोमा फिल्म रोचक मोड हुँदै अघि बढ्छ ।

    फिल्म पैसाको पछि कुदे पनि ‘जात्रा’ को धन हो, उत्कृष्ट पटकथा । जसले चारैतिर छरिएका चरित्रहरुलाई जसरी एउटा लिकमा राखेको छ, उसैगरी दर्शकलाई पनि हलभित्र बाँधेर राख्ने सामथ्र्य राख्छ ।

    फिल्मलाई रोचक रुपमा अघि बढाउन द्वन्द्व विधानको जरुरत पर्छ, ‘जात्रा’ रोचक द्वन्द्व र रहस्यहरुको चाखलाग्दो संग्रह हो । अब के हुन्छ भन्ने जिज्ञासाले दर्शकलाई कुतकुत्याइराख्छ । पैसाले जोड्ने र संकटमा पार्ने सम्बन्धको आयामलाई कथाको सानो परिधिभित्र सीमित पात्रले एकसाथ रमाइलो र मार्मिक रुपमा खुलाएका छन् ।

    समाजका हुनेखानेहरुसँग कुम मिलाउने आकांक्ष राख्दा पारिवारिक सन्तुलन बिग्रने, अभावमा अपमानित जीवन बाँच्नुपर्ने यथार्थ वैभवलाई सफलतासँग गाँसेर हेर्ने हाम्रै समाजको अँध्यारो र झन्-झन् गाढा बन्दै गएको पाटा हो ।

    jatra-1

    यो फिल्म ठेट पाराको कमेडीका लागि पनि सम्झिइनेछ । पात्रहरुको हरेक संवादमा हँसाउने फिल्मले ‘स्पिड ब्रेकर’ जस्तो घरिघरि भावुक पनि बनाउँछ । हँसाउने र रुवाउने कारक तत्व पैसै बनेको छ, जुन हाम्रो आजको भागदौडको जीवनमा पनि एउटा सत्य बनेर रहेको छ । फिल्मले रमाइलो पस्किँदा पस्किँदै गहन स्वर बोल्छ, ‘मान्छेले कागजलाई पैसा बनायो, पैसाले मानिसलाई कागज बनायो ।’

    तीन व्यवसायीको भूमिकामा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झा तीनै जना जमेका छन् । षट्कोण प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा नाट्य क्षेत्रका कलाकारको वर्चश्व छ ।

    कपाल काट्ने नाइ मुन्ना ठाकुरको भूमिकामा देखिएका झाले दर्शकले सम्झिरहने छाप छोडेका छन् । जनकपुरको मिथिला नाट्य कला परिषद्बाट खारिएर आएका उनी मधेसी पात्रकै भूमिकामा देखिएका छन् । तर, परम्परागत आम प्रचलनमा जस्तै मधेसी चरित्रलाई हदैसम्मको तराई लवजमा देखाउनु फरकपन बोकेको फिल्मको कमजोर छिद्र हो ।

    बिपिनले यसअघि ‘पशुपति प्रसाद’ बाट चर्चित बनेको ‘भष्मे डन’को ट्याग यो फिल्मबाट मेट्ने सम्भावना देखाएका छन् । फिल्मभित्र पनि फिल्म बनाउने मोह पालिरहेका रविन्द्रसिंहको संवेदना धेरै प्रष्ट भएर नआए पनि उनमा समभाव राख्ने ठाउँ दर्शकले प्रशस्तै भेट्छन् ।

    jatra-2

    वर्षा राउत कथाको मर्मलाई गति दिन सुहाउँदो छिन् । थिएटरका अन्य कलाकार प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणि नेपाल लगायतको भूमिका पनि अस्वाभाविक छैन ।

    यो सबैको जस सानो पर्दाबाट अनुभव सिकेर ‘जात्रा’मा डेब्यू निर्देशक भएर आएका प्रदीप भट्टराईको पोल्टामा परेको छ । हास्य कलाकार मह जोडीसँग साढे एक दशक काम गरेका उनले संगतगुनाको गुलियो फल यो फिल्ममा पस्किएका छन् ।

    समग्रमा यो फिल्मले सावित गरेको कुरा हो, फिल्म राम्रो हुनलाई ठूल्ठूला विषयको पहाड फोरिराख्नै पर्दैन । समाज र मान्छेको मसिना कुरा बाँकी दुनियाँलाई नयाँ कुरा भन्न पर्याप्त छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    अन्तत खुलेन हल, जबर्जस्त गरे पक्रन्छौं : प्रशासन
    हलवालाहरु सिडियो कार्यालयको बैठकमा सहभागी
    १० गते हल खुल्ने संभावना कति ?
    सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा, काठमाडौंमा तयारी जापानमा नोमिनेशन
    ब्रिटिश काउन्सिलले पनि नेपाली फिल्ममा लगानी गर्दै
    कलाकर्मीको समस्या बुझ्न मन्त्री बोर्डमा, फिल्म क्षेत्रलाई समृद्ध बनाउने प्रतिवद्धता
    ‘क्लिन फिड’ लागु नगरे कार्वाही (भिडियो)

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073