• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

टंकको गीतमा धुर्मुस–सुन्तली बने मैनाजोडी | ११ वर्षिया साईको स्वर

  • 2017-01-20 
  • प्रकाशित

    Spread the love

    काठमाण्डौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई कतारमा रहेका ११ वर्षिया बाल गायक साई उज्जवल कोइरालाले मैना जोडी बनाएका छन् । सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेका उनीहरु कतार पुगेका बेला मैना जोडी भएका हुन् ।
    maina jodi 2धुर्मुस–सुन्तलीलाई मैना जोडी बनाउनमा संगीतकार टंक बुढाथोकीको पनि भुमिका छ । सांगितिक भ्रमणका क्रममा कतार पुगेकै बेला उनले ‘मैना जोडी’ बनाउने योजना बनेको थियो । यो गीतको शब्द, संगीत र एरेन्ज सबै टंककै हो ।

    धुर्मुस सुन्तलीलाई मैना जोडीको उपमा दिँदै गीतको भिडियो बनाइएको छ जसको निर्देशन साई उज्जवलकै बुवा आमा प्रकाश कोइराला र सरीता कोइरालाले निर्देशन गरेका हुन् । कोइराला परिवारले युरोप भ्रमण रद्द गरेर करिब ६ लाख रुपैँया गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गरेको थियो । ‘युरोप भ्रमण जाने सोच थियो तर, छोराले धुर्मुस सुन्तलीको कामबारे थाहा पाएपछि उनीहरुलाई सहयोग गर्न आग्रह ग¥यो,’ साई उज्जवका बुवा प्रकाश कोइरालाले भने, ‘बस्ती निर्माणका लागि सहयोग गरेपछि अझै नजिक भइयो र टंकजीको सहयोगमा कतार आएको मौका पारी धुर्मुस सुन्तलीलाई मैना जोडी बनाइयो ।’ कोइराला परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि आवश्यक माक्स, पन्जालगायतका सामग्री पनि सहयोग गरेका छन् ।
    mainaa jodiसंगीतकार टंकले पनि यो गीतको लागि आफुले विशेष मिहनेत गरेको बताए । ‘मेरा पछिल्ला गीतहरु मध्ये निकै मिहेनत गरेको गीत हो यो,’ उनले भने, ‘साई उज्ज्वल साह्रै मिठोसँग गाएको छ । आशा छ दर्शकले रुचाउनुहुनेछ ।’
    Watch Song Here :-


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073