निर्देशक बन्दै दुई पाका अभिनेत्री


हाल दुवै जना फिल्मको स्क्रिृप्ट तयार गर्र्न व्यस्स्त छन् । गौरी र करिष्माले प्रकाश थापाको ‘सन्तान’बाट एकैपटक रजतपटको यात्रा थालेका थिए ।
‘बाबुसाहेब’ पछि ‘फागु’ निर्माण गरेकी करिष्माको फिल्मले बजारमा खासै चमत्कार गर्न सकेको थिएन । उता विदेशबाट फर्केर आएपछि गौरी पनि चरित्र अभिनेत्रीमा सक्रिय हुँदै आएकी थिइन् । गौरीको फिल्मको पटकथा लगभग तयार भइसकेको छ ।
उता करिष्माले निर्देशन गर्ने फिल्मको डिटेल बाहिर नआइसकेको भए पनि उनले छोरी कवितालाई लिएर फिल्म बनाउन चाहेको बताइएको छ । कविता हाल अध्ययनको सिलसिलामा अमेरिका छिन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस