• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

के निशाले अरु चलचित्रमा मेहनत गरेकी थिईनन् ?

  • 2017-02-02 
  • प्रकाशित

    Spread the love

    काठमाडौं । नायिका नीशा अधिकारीले चलचित्र रोमियोका लागि खुबै मिहिनेत गरेकी दाबी गरेकी छिन् । यसको अर्थ के हो ? के निशाले अरु चलचित्रमा मेहनत गरेकी थिईनन् ? तर रोमियो लागि उनले यस्तो अभिव्यक्ति किन दिईन् ? प्राय एक पछि अर्को चलचित्र फ्लप हुदै गएपछि निशा अधिकारी अब निर्माताको रुपमा आउन चाहेकी छिन् ।

    उनी अभिनीत पछिल्लो चलचित्र रोमीयो पछि उनले झ्यानाकुटी निर्माण गर्ने भएकी छिन् । चलचित्र रोमीयोमा आकर्षक देखिनका लागि नीशाले भरपुर मिहिनेत गरेको दाबी गरेकी हुन् । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र रोमियोको बाबरी बोलको गीतको छायांकन पोखराको सिक्लेसमा गरेर यसको टोली काठमाण्डौ फर्किएको छ ।

    निर्माता हसनराजा खानले ६ दिन लगाएर गीतको छायांकन गरेको बताए । चलचित्रमा नीशा अधिकारी, मेलिना मानन्धर, हसनराजा खान र ओसिमा बनु मुख्य भूमिकामा छन् । छायांकन गरिएको गीतमा हसन र नीशालाई फिचर गरिएको छ । सन्तोष लामा र मेलिना राईको आवाजमा समावेश यो गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । रामेश्वर कार्कीले खिचेको गीतलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स

    Recent Posts

    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073