• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

डि सिने अवार्ड बैशाखमा, स्थानीय समिति गठन

  • 2017-02-19 
  • प्रकाशित

    Spread the love

    विगत नौं वर्षदेखि नियमित रुपमा आयोजना गरिदै आएको डि सिने अवार्ड यसपटक हेटौंडामा आयोजना गरिने भएको छ । ७ वर्ष सम्म नियमित रुपमा काठमाडौंमा आयोजना गरिदैं आएको डि सिने अवार्डको आठौं संस्करण गत वर्ष पोखरामा भव्य रुपमा सम्पन्न गरिएको थियो । यसपाली नवौं संस्करण भने हेटौंडामा सम्पन्न गरिंदैछ ।
    खासगरी डिजिटल फम्र्याटलाई आधार मानेर प्रारम्भ गरिएको डि सिने अवार्ड नेपालमा आयोजना गरिने अवार्डहरुमा प्रतिष्ठित मानिन्छ । अवार्डलाई पूर्णरुपमा सफल एवं भब्य बनाउनका लागि डि सिने अवार्डका अध्यक्ष शान्तिप्रिय एवं कार्यक्रम संयोजक मणीराज गौतम हेटौंडा पुगेर स्थानिय संयोजन समितिको संयोजकमा शुशान्त श्रेष्ठ रहका छन् भने समितिको सल्लाहकारमा निर्माता÷वितरक एवं प्रदर्शक नरेन्द्र महर्जन र पत्रकार उज्जल चौलागाई रहेका छन् । त्यस्तै समिति सदस्यहरुमा कपिल खड्का, श्रीराम दाहाल, सविन न्यौपाने, गणेश दर्पण अधिकारी आदि रहेका छन् ।
    केन्द्रिय समिति एवं स्थानिय समितिको संयोजनमा अवार्ड भव्य रुपमा आयोजना गरिने स्थानिय संयोजक शुशान्त श्रेष्ठले बताए । हेटौंडामा यसरी अवार्ड आयोजना गरिनु हेटौंडाबासीका लागि पनि गौरवको विषय भएकोले यसको सफलता हेटौंडाको प्रतिष्ठासँग गाँसिएको सल्लाहकार नरेन्द्र महर्जनले छलफल कार्यक्रममा बताए । त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षले हेटौंडामा यसरी धेरै भन्दा धेरै कलाकर्मी ल्याइनु हेटौंडेलीका लागि पनि खुशीको कुरा भएको बताए ।
    डि सिने अवार्डका संयोजक मणीराज गौतमले अवार्ड नियमित श्रृंखला भएपनि हेटौंडामा थप स्मरणीय रुपमा सम्पन्न गरिने बताए । अवार्ड अध्यक्ष शान्तिप्रियले अरुले नेपाली अवार्डलाई विदेशतिर लग्न थालेको भएपनि आफूचाही देशकै विभिन्न भागमा दर्शकमाझ नियमित रुपमा जाने र यसै क्रममा पोखरापछि हेटौंडा आएको बताए ।
    अवार्ड ओम चलचित्र मन्दिर हेटौंडामा बैशाख २८ गते आयोजना गरिने तय भएको छायाँछविले बताएको छ ।

    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073