वलिउड निर्देशकले शुरु गरे मेरो पैसा खोइ

फिल्म मेरो पैसा खोइ फ्लोरमा गएको छ । जसलाई वलिउडका निर्देशक विवेक शर्माले निर्देशन गर्दैछन् । मंगलबार क्ल्याप पुज्दै निर्माण टिमले छायाँकन सुरु गरेको हो । रोज राणाको निर्माणमा बन्ने फिल्मबाट केहि दिन पहिले अभिनेत्री बर्षा शिवाकोटीले हात झिकेको खबर आएको थियो अब भने बर्षालाइ अर्की अभिनेत्री छुल्ठिम गुरुङले रिप्लेस गरेकी छिन् ।
फिल्ममा छुल्ठिमसँगै सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लिड अभिनयमा रहनेछन् । चन्द्र पन्तको एक्शन रहने फिल्म कमेडी जनराको हुनेछ । वसन्त सापकोटाको संगीत रहने फिल्ममा वलिउड कलाकार जुही चावला र राजपाल यादवको समेत विशेष भूमिका रहने बताइएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस