बलिउड निर्देशक नेपाली फिल्म गर्न नसकेर भागे
रोजले आफै निर्देशन गर्दैछन् मेरो पैसा खोई
रोजले आफै निर्देशन गर्दैछन् मेरो पैसा खोई

केही काराण्हरु देखाई आफुले फिल्म निर्देशन गर्न नसक्ने भन्दै भारतबाट नेपाल आएका निर्देशक विवेक शर्मा भारत भागेका छन् । निर्देशक विवेक शर्मा भारत भागेपछि निर्माता रोज राणा स्वयमले ‘मेरो पैसा खोइ’ निर्देशन गरेका छन् । निर्देशक विवेक शर्माले १६ दिन सुट गरेको सबै फुटेज डिलेट गरेर गएको पनि निर्माता रोज राणले फिल्मी फण्डालाई बताए ।
सुटिङलाई निरन्तरता दिन राणा स्वयमले फिल्म निर्देशन गरेका हुन् । अहिले भकुन्डेबेसीमा फिल्म सुट भैरहेको छ । अमिताभ बच्चनलाई लिएर ‘भूतनाथ’ फिल्म निर्देशन गरेका विवेकले फिल्म छोड्को कारण भने प्रष्ट रुपमा खुल्न सकेको छैन । फिल्मका स्रोतका अनुसार विवेकसँगै आएका केटी एसिस्टेन्टले नेपाली टेक्निसियनसँग काम गर्न कठिन भएको कुरा बाट विवाद रुप लिदाँ विवेक फिल्म छोडेर भागेको बुझ्न सकिन्छ ।
उनले टेक्निसियन चेन्ज गर्न भनेको थियो तर निर्माता रोज राणाले टेक्निसियन चेन्ज गर्न नसकिने बरु आफैले फिल्म छोड्न विवेकलाई भनेपछि विवेक भागेको स्रोतको दावी छ । यता रोजले निर्देशक भागेको र सबै फुटेज डिलिट गरेर गएको हुँदा शुरुबाटै छायांकन गरिरहेको बताएका छन् ।
शर्मा र राणाले आआफ्नो कम्पनीको नाममा नेपालमा फिल्म दर्ता गरेका थिए । तर, शर्मा भागेपछि राणाले चलचित्र विकास बोर्डमा आफ्नो कम्पनीको नाममा सिनेमा दर्ता गरेका छन् ।
निर्माता राणाले भने– मैले उसलाई २५ लाख आइसी दिएको थिएँ । जुही चावला, राजपाल यादव सबैलाई केमियो खेलाउने भनेर पैसा पनि दिएको थिएँ तर उसले खेलाउन सकेन ।’ शर्मासँग सहायकको रुपमा नेपाल आएकी केटीको कारणले पनि प्रोजेक्टमा तनाव भएको राणाले दावी छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस