साहरुख र काजोलपछि बरुण र आलियाको नयाँ जोडी

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया’ सफल भएपछि बलिउडका चर्चित नायक बरुण धवन र नायिका आलिया भट्टको जोडीलाई साहरुख खान र काजोलको जोडीको रुपमा चित्रित गर्न थालिएको छ ।
शुक्रबारबाट रिलिज भएको पारिवारिक चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया’ले ३ दिनमै उत्साहजनक व्यापार गर्यो । शुक्रबार यो चलचित्रले १२.२५ करोडको कमाई गरेको थियो । शनिबार, चलचित्रको व्यापार १४.७५ करोडमा पुग्यो ।
आइतबार बिदाको दिनको फाइदा लुट्दै चलचित्रले १६.०५ करोडको कमाई गरेको छ । ३ दिनमा चलचित्रले ४३.०५ करोडको कमाई गरेको छ । ३ दिनमै चलचित्र सफल भएको छ भने अब, नाफा कमाउने दौडमा लागेको छ ।
बरुण र आलियाले अभिनय गरेका ‘स्टूडेन्ट अफ द इयर, हम्टी शर्माकी दुल्हनिया’ पनि हिट भएको थियो । तेश्रो चलचित्र पनि हिट भएपछि, अहिले बरुण-आलियाको जोडीलाई बलिउडमा साहरुख-काजोलको रुपमा चर्चा गर्न थालिएको छ । के, साहरुख र काजोलपछि बलिउडले बरुण र आलियाको नयाँ सफल जोडी पाएको हो त ?
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस