• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बाबु छोरा बिचको पुस्तान्तरमा ‘ब्ल्याक’

  • 2017-03-13 
  • प्रकाशित

    Spread the love

    बाबु छोराको पुस्ताबीच हुने असमझदारीलाई कथामा उनेर ‘ब्ल्याक’ नामको फिल्म बन्ने भएको छ । बिहीबार कमलादीस्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै फिल्मको औपचारिक घोषणा गरिएको हो । आश्मा फिल्मस्को प्रस्तुति रहने फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । दुई पुस्ताबीचको द्धन्द्ध सामाजिक जीवनको अभिन्न अंग हो । आ–आफ्नो मान्यतामा अडिग रहने बाबु र छोरा पुस्ता सधैं आफ्नो मान्यताका लागि लडिरहेका हुन्छन् ।

    यस्तोमा नयाँ पुस्ताले सधैं अघिल्लो पुस्तालाई आफूहरुको कुरा नबुझ्ने र परम्परावादी भनेर आरोप लगाउँछ भने पुरानो पुस्ताले पनि नयाँ अनुभवका हिसाबले परिपक्व नभएको तर्क पेश गर्छ । फिल्ममा आकाश श्रेष्ठ र रेनुका सिंह ठकुरीको मुख्य भूमिका रहनेछ । आकाशले यसअघि ‘म त तिम्रै हुँ’ र ‘तिमीसँग’मा अभिनय गरिसकेका छन् भने रेनुकाले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।

    फिल्ममा अघिल्लोे पुस्ताका कलाकारको पनि उपस्थिति रहनेछ । फिल्ममा सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य, सुशील क्षेत्री, प्रिया रिजाल, , पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । आश्मा पाण्डे निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073