चमेली बन्दै हट अवतारमा किन खुलीन् प्रियंका ?

नायिका प्रियंका कार्कीको हट अवतार सार्वजानिक भएको छ । उनी चमेली अवतारमा बोल्ड रुपमा खुलेकी हुन् । उनी अभिनीत प्रदर्शनको क्रममा रहेको चलचित्र लाल्टिनको चमेली बोलको उक्त गीतमा प्रियंकाले खुलेरै ग्लामर प्रस्तुती दिएकी छिन् ।
गीतमा दयाहाङ राई, शिशिर भण्डारी पनि देख्न सकिन्छ । बारमा देखाईएको उक्त गीतमा चमेलीको बेशमा ग्राहकलाई सन्तुष्ट दिन प्रिंयकाले यस्तो हट अवतारको प्रस्तुती दिएकी हिुन् ।
चलचित्र आगामी जेष्ठ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छन् । अनिम श्रेष्ठ, राज केसी र भानु प्रतामले संयुक्र रुपमा निर्देशन गरेको फिल्मलाई देब कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ र प्रियंकाको अलवा केकी अधिकारी, शिशिर भण्डारी, ए गुरुङ लगायतको अभिनय रहको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस