• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘हिटलर’ को फस्टलुक रिलिज, जेठ १२ आउने

  • 2017-03-13 
  • प्रकाशित

    Spread the love

    नव–नायिका सामिया बर्तौलालाई राणा खानदानकी छोरीको रुपमा देखाउदै चलचित्र ‘हिटलर’ को फस्टलुक रिलिज गरिएको छ । साथमा, चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । आउदो बर्षको जेठ १२ गतेबाट लभ स्टोरी तथा कमेडी जनराको यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ । सभासद् रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको फस्टलुक एकसाथ सार्वजनिक गरेका थिए ।

    अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ । चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ । मुगु र काठमाण्डौमा यो चलचित्रको छायांकन गरिएको छ ।

    कार्यक्रममा बोल्दै निर्देशक सौरभ ढकालले भने–‘हिटलर प्रेम र कमेडीको मिश्रणको रुपमा बनेको चलचित्र हो । प्रेम भैसकेपछि आउने विभिन्न समस्यालाई चलचित्रमा देखाइएको छ । दर्शकले, नाम र कथावस्तुको मेल पक्कै पनि चलचित्रमा पाउनुहुनेछ ।’ यस्तै, नायक सोहित मानन्धरले यो चलचित्रमा आफू फरक भूमिकामा देखिएको बताए । नायिका सामिया बर्तौलाले चलचित्रको कथावस्तु मन परेकाले काम गरेको बताइन् ।

    चलचित्रमा समावेश ‘मःम चाउमिन’ बोलको गीत अहिले हिट भैरहेको छ । कार्यक्रममा प्रमुख अतिथी मानन्धर र विशेष अतिथी सापकोटाले चलचित्रलाई शुभकामना दिएका थिए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट रिलिज हुदै
    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

    Recent Posts

    • अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट रिलिज हुदै
    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073