• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कपिल शर्मा र सुनील ग्रोबरबीचको घटना विवरण बाहिरयो

  • 2017-03-24 
  • प्रकाशित

    Spread the love

    कमेडियन कपिल शर्मा र उनका सहकर्मी सुनील ग्रोबरबीचको झगडा अहिले भारतीय मिडियामा व्यापक चर्चामा छ । अष्ट्रेलियाबाट फर्किने क्रममा विमानमै उनीहरुबीच झगडा भएको थियो र त्यसयता सामाजिक सञ्जालमा ‘वार’ गरिरहेका छन् । आखिर यी दुईबीच भएको के थियो त ? एक प्रत्यक्षदर्शीको हवाला दिँदै हिन्दुस्तान टाइम्सले घटना विवरण बाहिर ल्याएको छ ।

    घटना विवरण यस्तो छः

    अष्ट्रेलियामा शो सकेर गत शुक्रबार कपिल आफ्नो टिमसहित भारत फर्किँदै थिए । एयर इन्डियाको विमानभित्र कपिल मदिरा खाएर टिल्ल थिए । उनको होश ठेगानमै थिएन । उनले ह्विस्कीको एउटा सिंगै बोतल रित्याएका थिए । क्याबिन क्रुले खाना सर्भ गरेपछि उनको टिमका सबैजना खाना खान थाले । तर, कपिल अझै दारु पिइरहेका थिए ।

    आफूलाई बेवास्ता गर्दै सबैले खान सुरु गरेको कपिललाई मन परेन । उनले आगो हुँदै भने, ‘मैले खान सुरु नगरीकन तिमीहरुले किन खाना खायौ ?’ कपिल यति जोडले चिच्याइरहेका थिए, विमानभित्र रहेका सबै यात्रुका कान ठाडा भए । उनलाई चिन्ने व्यक्तिहरु स्तब्ध बने । आफ्ना बोसको चिच्याहटपछि उनका टिम मेम्बरहरुले खाना खाइ नसकीकन ‘क्रु’ मेम्बरलाई प्लेट फिर्ता गर्न थाले ।

    यही क्रममा सुनील कपिललाई शान्त पार्ने कोशिशमा लागे । तर, कपिल झनै उत्तेजित बने । यत्तिकैमा उनले आफ्नो जुत्ता खोलेर सुनीललाई हाने । उनले सुनीलको सर्टको कलर समातेर लगातार थप्पड समेत लगाए । त्यस क्रममा केही महिला क्रु मेम्बरहरुलाई पनि चोट लागेको थियो । कपिलले आफ्नो रौद्ररुप देखाइरहँदा सुनील भने शान्त रहे । उनले कुनै प्रतिकार गरेनन् ।

    कपिल भने झन् झन् क्रोधित भएर सुनील र अन्य टिम मेम्बरलाई गालीगलौज गरिरहेका थिए । उनले यो पनि भने- ‘तिमीहरुको के औकात छ ? तिमीहरुलाई मैले बनाएको हुँ र चुट्कीको भरमा तिमीहरुको करिअर खत्तम गरिदिन सक्छु । तिमीहरु सबैलाई म निकालिदिन्छु ।’ कपिल सबैभन्दा बढी सुनीलमाथि खनिए । उनले सुनीललाई भने, ‘खुुब फुर्ति गरेर हिँडेको थिइस्, आखिर फर्केर म कहाँ नै आउनुपर्‍यो नि !’

    यसपछि उनले लगातार पञ्जाबीमा गाली गर्न थाले । स्मरणीय छ, कपिलको ‘कमेडी नाइट्स विथ कपिल’ कार्यक्रम छोडेर केही समय सुनील अलग भएका थिए र एउटा नयाँ शो ल्याएका थिए । तर, उक्त शो नचलेपछि उनी कपिलको कार्यक्रममा फर्केका थिए । कपिलको हर्कत बढ्दै गएपछि क्रु मेम्बरहरुले हस्तक्षेप गर्नुपरेको थियो । उनीहरुको चेतावनीपछि कपिल केही मत्थर बने ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073