• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कस्तो छ त एश्वर्या राय र करण जोहर बीचको सम्बन्ध,

  • 2017-03-25 
  • प्रकाशित

    Spread the love

    बलिउड निर्देशक करण जोहरको अभिनेत्री ऐश्वर्या रायसँग सम्वन्ध बिग्रेको छ । पछिल्ला दिनहरुमा उनीहरु एक-अर्कासँग बोल्न पनि छाडेका छन् । समाचार अनुसार ‘ए दिल है मुश्किल’ को प्रमोसनका क्रममा यी दुईबीच मनमुटाब सुरु भएको थियो ।

    सो फिल्ममा रणवीर कपुर हिरो थिएन भने हिरोइन दुई जना थिए, ऐश्वर्या र अनुष्का शर्मा । फिल्ममा दुवै हिरोइनको समानान्तर भूमिका थियो । सो फिल्मको प्रमोसनका बेला अनुष्का अर्को प्रोजेक्टमा विजी भइन् र प्रमोसनमा समय दिन पाइनन् । ऐश्वर्या खाली नै थिइन् र प्रमोसनमा हिँड्न इच्छुक पनि थिइन् ।

    तर, करणले उनलाई वेवास्ता गरे । करणलाई यो चाहँदैनथे कि फिल्मको प्रमुख नायिका ऐश्वर्या भएको र अनुष्का सहनायिका भएको भ्रम दर्शकलाई परोस । त्यसैले अनुष्का नगएका कार्यक्रममा उनले ऐश्वर्यालाई पनि लगेनन् । यही कारणले ऐश्वर्या करणसित रुष्ट भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर उनले करणसामु आफ्नो आक्रोश भने पोखिनन् ।

    जब करण अर्को प्रोजेक्टका लागि ऐश्वर्यार्लाइ अफर लिएर गए, त्यसलाई ऐश्वर्याले ठाडै रिजेक्ट गरिदिइन् । अनि बल्ल करणलाई थाहा भयो कि ऐश्वर्या उनीसँग रिसाएकी छिन् । त्यसपछि करणले पनि ऐश्वर्यालाई भाउ दिन छोडिदिए । फलस्वरुप उनीहरुबीचको सम्वन्ध टुटेको हो । गत हप्ता ऐश्वर्याका बाबु कृष्णराज रायको मृत्यू भयो ।

    बलिउडका सबैजसो हस्ति उनको अन्त्यष्टीमा सहभागी भए तर करणको नाकमुख देखिएनन् । कुनै बेलाकी निकट साथीलाई समवेदना व्यक्त गर्न करण नजानुले यी दुईबीच गम्भीर फाटो आएको संकेत गर्छ । यसअघि करणको अर्की अभिनेत्री काजोलसँग पनि दोस्ति टुटेको थियो । विवाहित नायिकाहरुसँग धमाधम सम्वन्ध बिगि्रदा अविवाहित करण खासै चिन्तित छैनन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073