हर्षिकालाई कसले भुल्न सकेन ?

रुद्राक्ष फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘मेरी कुसुम’ जेठको अन्तिम साताबाट प्रदर्शनमा आउन लागेको छ । चलचित्रको अर्को गीत ‘भुल्न तिमीलाई सकिन’ रिलिज गरिएको छ । गीतमा चलचित्रका मुख्य कलाकार मोहन बोगटी र हर्षिका श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
आफूले माया गरेको मान्छेबाट टाढा बस्नुपर्दाको पीडा यो गीतमा देखाइएको छ । गीतमा टंक बुढाथोकीले नै संगीत, स्वर तथा शब्द भरेका छन् । सुनिता शर्मा बोगटी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रुद्र खनाल हुन् । चलचित्रलाई एन.आर घिमिरेले निर्देशन गरेका हुन् ।
नेपालमा जेठ २५ गतेबाट रिलिज हुने यो चलचित्रको दुबइ प्रदर्शन भने मे ५ मा हुने कलाकार मोहन बोगटीले जानकारी दिएका छन् । चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, प्रितम पाण्डेको सम्पादन, सम्राट बस्नेतको एक्सन छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस