सोफिया हयातको बिहे अप्रिल २४ मा

भिक्षुणी बनिसकेकी मोडल तथा स्क्यान्डल गल सोफिया हयातले बोल्ड फोटोसुट गराएकी छिन् । केहि समय अगाडि उनले आफू अब ग्ल्यामरको दुनियाँबाट टाढा गएको भन्दै बक्षस्थलमा लगाएको सिलिकन समेत हटाएकी थिइन् ।
तर, त्यसको केहि समयमा नै उनले एक लिडिङ वेवसभाइटमा आफ्नो बिहे, पति र बिहेको योजना सार्वजनिक गरेकी हुन् । उनका पति कुनै सेलिव्रेटी होइनन् । उनका पति रोमानियाका चर्चित इन्टेरियर डिजाइनर हुन् ।
भ्लाड स्टानेस्क्यू नाम गरेका यूवासँग आफू बिहेको तयारीमा रहेको सोफियाको भनाई छ । आफ्नो ख्याल प्रेमीले पूर्ण रुपमा राख्ने गरेको उनको भनाई छ । भ्लाडले आफ्नो हरेक साना साना कुराको ख्याल राख्ने भन्दै सोफियाले खुशी व्यक्त गरिन् । यी दुइको बिहे अप्रिल २४ मा हुँदैछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस