• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बलिउड नायिका विद्या बालन गर्भवती

  • 2017-03-19 
  • प्रकाशित

    Spread the love

    अहिले बलिउड नायिका विद्या बालन गर्भवती भएको कुरा बजारमा सुनिन थालेको छ । तर विद्या स्वयंमले भने यसलाई ठाडै नकारेकी छिन् ।

    एउटा वेवसाइटलाई दिएको अन्तरवार्तामा उनले भनिन्-‘म यो कुरा सुन्दा-सुन्दा हैरान भइसकेकी छु । के म दुखाईको कारणले क्लिनिक जान सक्दिनँ ? विवाहपछि कुनै महिला क्लिनिक जानेवित्तिकै गर्भवती नै भएको हुनुपर्छ ?’

     

    पटक-पटक क्लिनिक धाइरहेको देखिएपछि विद्या गर्भवती भएको लख काटिएको थियो । पछिल्लो समय उनी अलि मोटाउनुले पनि यो अनुमानलाई मलजल गरेको थियो ।

    विद्याले रिसाउँदै भनिन्-‘विवाहित महिलाबाट सधै बच्चाकै अपेक्षा किन गरिन्छ ? बच्चाको निम्ति मानिसहरुमा किन यति धेरै कौतुहलता छ ? म कुनै बच्चा बनाउने मेशिन होइनँ । संसारमा जनसंख्या धेरै बढिरहेको छ । यस्तोमा यदि कसैले बच्चा पाएन भने पनि के फरक पर्छ ?’

    बारम्बार गर्भवतीको विषयमा सवाल सोधिएको भन्दै विद्याले अगाडि भनिन्,-‘मलाई लाग्दैन कि यो विषयमा म र मेरा श्रीमान् सिद्धार्थ राय कपुरबाहेक अरु कसैले सोच्नुपर्छ । यो हाम्रो प्राइभेट कुरा हो । तर, हाम्रो देश र छिमेकी र नातेदारले हमेशा यो विषयमा प्रश्न गरेर हैरान पार्छन् ।’

    ‘मलाई एकजना अंकलले बिहेलगत्तै भनेका थिए कि अर्कोपटक तिमीहरुलाई तीन जना भएको हेर्न चाहन्छु । मैले हाँसेर टारेँ । त्यतिबेला त हामीले हनिमुनमा कहाँ जाने भनेरसम्म सोचिसकेका थिएनौं ।’ विद्याले भनिन् । विद्या र सिद्धार्थको बिहे सन् २०१२ मा भएको थियो । आफूहरुको बिहेमा एउटा फोटो पनि नखिचिएको दावी विद्याले गरेकी छिन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073