ज्याकी श्राफकी छोरी कृष्ण श्राफको बोल्ड फोटो सामाजिक सञ्जालमा भाइरल

बलिउड नायक ज्याकी श्राफकी छोरी कृष्ण श्राफ अहिलेेसम्म ग्ल्यामर दुनियाँ भन्दा टाढै छिन् । तर, इन्स्टाग्रामबाट एउटा बोल्ड फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ ।
उनले इन्स्टाग्राममा बिकनी फोटो सार्वजनिक गरेकी छिन् । उनलाई केहि चलचित्रबाट कामको प्रस्ताव आएको छ भने, अभिनयप्रति रुची नभएको भन्दै काम गरेकी छैनन् ।
पर्दा पछाडि बसेर भने काम गर्दै आएकी छिन् । उनले हालै मात्रै ट्रान्सजेण्डर कम्युनिटीका लागि एउटा बृत्तचित्र निर्देशन गरेकी छिन् । उक्त वृत्तचित्रको आमिर खानले प्रमोसन गर्ने भएका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस