पल र पूजाको ‘म यस्तो गीत गाउँछु’ शिर्ष गीत आउँदै

नायक पल शाह र नायिका पुजा शर्माको चलचित्र म यस्तो गीत गाउछुको शिर्ष गीत सार्वजनिक हुने भउको छ । चलचित्रको छायांकन समाप्त भएपछि शिर्ष गीत सार्वजनिक गर्न लागिएको बुझिएको छ ।
दुई देखी तीन दिनमा शिर्ष गीत बजारमा ल्याउने तयारी भईरहेको निर्माण पक्षले बताएका छन् । काठमाण्डौंबाट सुरु भएको फिल्मको छायाँकन अप्पर मुस्ताङमा पुगेर सकिएको हो ।
अप्पर मुस्ताङमा पहिलो पटक खिचिएको उक्त गीतको भिडियो निकै नै राम्रो बनेको बताउँदै दर्शक तथा श्रोताले गीत र भिडियोलाई मन पराउने फिल्मका निर्देशक सुदर्शन थापाले विश्वस व्यक्त गरे ।
संजय लामाको छायाँकन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा अर्जुन पोखरेलले संगीत दिएका छन् । असार ३० गते दर्शकमाझ ल्याउने गरी फिल्मको सम्पादन कार्य भैरहेको सुदर्शनले बताए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस