• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कारखाना चल्नेकी डुब्ने दर्शकको हातमा, निर्माताबाट निर्देशक माथी अन्याय

  • 2017-06-29 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । आउँदो शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आउन लागेको वर्षा सिवाकोटी र शुशील श्रेष्ठ अभिनित फिल्म कारखाना दर्शकहरुका लागि प्रतिक्षित फिल्म हो । प्रेमका लागि घरपरिवार छाडेर हिँडेकी एक यूवतीको संघर्षको कथा बोल्ने फिल्मलाई दयाराम दाहाल, सुशील पोखरेल र अमरदीप सापकोटाको संयुक्त प्रयासमा लेखिएको हो भने फिल्मलाई अमरदीपले निर्देशन गरेका हुन् ।

    फिल्म चल्ने हो की डुब्ने हो त्यो भने दर्शककै हातमा छ । तर फिल्ममा निर्देशक माथी अन्याय भएको बुझिएको छ । फिल्मको छायांकन सम्मा निर्माण टिम मिलेर काम गरेका थिए । तर जब फिल्मको छायांकन सकियो तब फिल्ममा युनिट भित्र विवाद चर्कन थाले । अर्थात फिल्मका निर्माता र निर्देशक बिच विवाद हुन थाले । पछि निर्देशकलाई चलचित्रबाट निकालीदिए । चलचित्रको पोष्ट प्रोडक्शनमा निर्देशकलाई बोलाईएन ।

    अहिले कारखानाका निर्माता र निर्देशकमा आगो र पानी को सम्बन्ध रहेको छ । फिल्मका निर्देशकको कन्सेप्टमा खिचीएको फिल्मलाई निर्माताले कसरी सम्पादनमा मिलाए होला त त्यो त शुक्रवार नै थाहा होला । तर निर्देशक अमरदिप भने फिल्म राम्रो तरीकाले खिचीएको तर सम्पादनमा समस्या हुन सक्ने बताएको छ । चलचित्रलाई लिएर कलाकारद्धय बर्षा शिवाकोटी र शुशिल श्रेष्ठ उत्साहित भएका छन् ।

    तर चलचित्रले सार्थकता दिने हो की हैन त्यो त केही दिनमै थाहा हुनेछ । हामीले चलचित्रका निर्माता र निर्देशकसँग बुझ्दा एकले अर्कोलाई दोषारोपण गरेको छ । निर्माताका अनुसार निर्देशकले छायांकनमा निकै दुख दिएको र आफ्नै तरीकाले छायांकन गरेको दावी रहेको छ । यता निर्देशकले निर्माताले काममा बाधा पु¥याएको र मन लाग्दो गर्न खोजेको प्रस्त्याए ।

    निर्देशकका अनुसार निर्माता छायांकनमा फिल्मका नायक र नायिकालाई सँगै राखेर सम्पादन गरेको र मन लाग्दी गरेको कारण असहमत जनाएको बताएका छन् । पछि निर्माताले निर्देशकलाई पोष्टमा आउन पर्दैन भनृ पछि विवाद चुलिएको हो । तर पनि निर्देशकले कारखानालाई फरक स्वादको मौलिक सिनेमा भएको दावी गरे । फिल्ममा वर्षा र सुशीलका अलावा नविन लम्साल, जेविका कार्की, विकास उप्रेतीको अभिनय देख्न सकिन्छ ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073