कट्रिनाको जन्मदिन मनाउन सलमानलाई हतार

ब्रेकअपपछि बोलचाल बन्द गरेर बसेका सलमान खान र कट्रिना कैफ अहिले यति नजिक भएका छन् । एक महिना पछि आउने कटि्रनाको जन्मदिन मनाउन सलमानलाई निकै हतार भैसकेको छ । १६ जुलाईमा कट्रिना ३४ वर्ष लाग्ने भएकी छिन् भने यसपाली उनले जन्मदिन अमेरिकाको न्युयोर्कमा मनाउने भएकी छिन् ।
न्युयोर्क इन्टरनेशनल इण्डियल फिल्म एकेडमी (आइआइएफए) मा सहभागी हुने तयारीमा रहेकी कट्रिनाले जन्मदिन त्यही मनाउने भएकी छिन् । उनले फिल्म फेष्टिभलमा सहभागी हुने सन्दर्भमा कुरा गर्दै भनिन्-‘यसपाली मेरो जन्मदिन पनि न्युयोर्कमा मनाउँछु, जुन मलाई मन पर्ने शहर पनि हो ।’ कट्रिनाको कुरामा सहि थाप्दै सलमानले भने- अब १६ जुलाईलाई कट्रिना दिवस भन्नुपर्छ ।
सिंगै अमेरिकाले कट्रिनाको जन्मदिन मनाउँछ ।’ सलमानको कुरा सुनेपछि कट्रिनाले हाँसेर हो हो भनिन् । पाँच वर्ष अघि कट्रिना आइफामा सहभागी भएकी थिइन् । यसपालीको सहभागीतालाई उनले आफ्नो लागि महत्वपूर्ण अवसर भएको टिप्पणी गरेकी छिन् । सलमान खानको साथमा ‘टाइगर जिन्दा हे’को सुटिङमा व्यस्त कट्रिनाले सलमानसँग काम गर्दा निकै रमाइलो हुने बताइन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस