प्रेमगीत २ को सस्तो प्रोपोगान्ड

यो बर्षको सर्वाधिक अपेछ्या गरिएको चलचित्र मध्य प्रेमगीत २ एक हो। आन्तरीक बिबादकका कारण यो चलचित्रलाई निर्माता सन्तोश सेनले उत्क्रिष्ट साबित गर्न छायांकन स्थलदेखी मेकिङ्मा धेरै दुख गरेका छन ।
एक सातापछि प्रोमो रिलिज गर्ने तयारीमा रहेको ‘प्रेम गीत २’ को क्लाइमेक्सका तस्बिरहरु लिक भएको निर्माता सन्तोष सेन लगायतले बताएका छन । क्राउडका एक सदस्यले क्लाइमेक्स फाइटका तस्बिरहरु रिलिज गरिदिएको निर्माता सेनको दाबी छ ।
तर वास्तविकता त्यस्तो देखिएको छैन बरु निर्माण पछ्य ले नै हल्लाको लागि त्यस्तो गराएको बुझ्न सकिन्छ। क्लाइमेक्सका तस्बिरहरु निर्माण टीमको योजनामा लिक गरी हल्ला फैलाएको देखिन्छ। निर्माण टीमले क्राउड मध्य का एक जनाले उक्त तस्बीरहरु लिक गरिएको बताईएता पनि उक्त भिडीयो चलचित्रका टीम मध्यका एक जनाले लिक गरिएको बुझिएको छ।
तस्बीर लिक गर्नेमा निर्माण टिम भित्रका निर्माता र नायक प्रदिप खड्का को नजिकको ब्यक्ति रहेको रहस्य खुलेको छ। उक्त ब्यक्ति चन्द्र भुजेल रहेका छन। उनले निर्माता सन्तोश सेन र नायक प्रदिप खड्का संग फोटो समेत खिचेका छन ।
निर्माता सेनले गोप्य राख्न खोजिएको तस्बीर बहिरिदा दुख लागेको बताएका छन। उनले कर्बाही को प्रक्रिया अगाडी नबदाई अब देखि सचेत हुने बताएका छन र निर्माण टीमका केहिले समेत तस्बीर लिक भएको भन्दै सामाजिक संजालमा पोस्ट गरेका छन ।
यस कारण पनि यो हल्ला र प्रोपोगान्ड को लागि गरिएको बुझ्न सकिन्छ। यस अघि पनि छायांकनमा रहेको फिल्म रुद्रप्रियाले एक प्रोपोगान्ड मच्चाएको थियो।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस