म यस्तो गीत गाउँछु फेरी ट्रेन्डिग नं १ मा, यस कारण हटाईएको थियो ट्रेन्डिगबाट

गत शुक्रवार सार्वजनिक गरिएको चलचित्र म यस्तो गीत गाउँछुको ट्रेलर सामाजिक सञ्जाल युट्युवको ट्रेन्डिग नं १ मा रहेको थियो । दोश्रो दिन अर्थात आईतवारबाट शो भिडीयो ट्रेन्डिगमै भेटिएन । पुन उक्त भिडीयो युट्युवको ट्रेन्डिग नं १ मा परेको छ । आईतवार बेलुका सम्म १ नं मा परेको भिडीयो दोश्रो दिन देखी भ्युअर्सको आधारमा २, ३ गर्दै घट्दै जानुपर्ने हो तर एक्कासी ट्रेन्डिगमै नभेटिँदा निर्माण पक्षलाई तनाव भएको थियो ।
कतिपयले यसको वारेमा गलत समाचार समेत सम्प्रेषण गरे । तर वास्तविक कुरा अर्कै रहेको छ । कहिले काहिँ ट्रेन्डिगमा परेको भिडीयो एक्कासी ट्रेन्डिगबाट ट्त्न सक्ने आधार रहेको छ । ट्रेन्डिग नं १ मा रहेको भिडीयोलाई एक घण्टाको अवधीमा सय भन्दा बढि नकरात्मक रिपोर्टहरु प¥यो भने उक्त भिडीयो ट्रेन्डिगबाट हट्ने युट्युवले जनाएको छ ।
उक्त नकरात्मक रिपोर्टको प्रमाणको लागि युट्युवले २४ घण्टाको समय दिन्छ । २४ घण्टा समय सम्म पनि प्रमाण दिन सकेन भने पुन युट्युवको ट्रेन्डिगमा उक्त भिडीयो पर्कने प्रावधान युट्युवको विश्वव्यापी नियममा रहेको छ । यदि २४ घण्टा भित्र त्यस्तो कुनै पनि प्रमाणहरु दिन सकेमा उक्त भिडीयो ट्रेन्डिगबाट हटाउनुको साथै युट्युवबाट नै हटाईने प्रावधान समेत रहेको छ ।
के म यस्तो गीत गाउँछु को ट्रलरलाई पनि यस्तै रिपोर्ट त परेको हैन ? चलचित्र म यस्तो गीत गाउँछुको ट्रेलरलाई पनि त्यस्तो खालको रिपोर्ट परेको शंका निर्माण पक्षले लगाईएको छ । जे होस् अहिले लगातार उक्त भिडीयो ट्रेन्डिग नं १ मा रहेको छ । तीन दिनको अवधीमा उक्त भिडीयोलाई ५ लाख पचास हजार भन्दा बढि पटक हेरिसकेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस