निखिल र सौगातको संरक्षण, दर्शक कसको साथमा

फिल्मी फण्डा । एक्शन स्टार निखील उप्रेती र नायक सौगात मल्ल अभिनित पहिलो चलचित्र संरक्षण्को ट्रेलर सार्वजनिक भएको छ । पुर्णेन्दु झाको निर्देशन रहेको चलचित्र संरक्षणको ट्रेलर सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरिएको हो । ट्रेलरमा निखिल र सौगातलाई पुलिसको भूमिकामा देखाइएको छ ।
हुन त नेपाली सिनेमा बजारमा यी दुई नायकको आफ्नै छुटै परीचय छ । र पनि संरक्षण्मा दर्शकलले कसलाई साथ दिने हो त्यो भने चलचित्र प्रदर्शन सम्म कुर्नैपर्ने हुन्छ । कस्को भुमिका अब्बल होला यी दुई नायकमा पनि चूनौती रहेको छ ।
मदेश आन्दोलनको कथामा आधारित चलचित्रलाई नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहले निर्माण गरेका हुन । चलचित्रमा रमेश रन्जन र निर्देशक झाको लेखन रहेको छ । साउन २७ मा प्रदर्शन हुने चलचित्रमा निखिल र सौगातको साथमा प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, मलिना जोशी, कामेश्वर कुमार, राज कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस