म यस्तो गीत गाउँछुले कमायो ३ दिनमा ४० लाख
८ लाखमा सिमित सायद २ (भिडियो)
८ लाखमा सिमित सायद २ (भिडियो)

फिल्मी फण्डा । गत शुक्रवारबाट नेपालभर प्रदर्शनमा आएका दुई चलचित्रहरुको आईतवार सम्मको बक्स अफिस रिपोर्ट अर्थात सिनेमा व्यापार सार्वजनिक भएको छ । सुदर्शन थापा निर्देशित म्युजिकल लभस्टोरी फिल्म म यस्तो गीत गाउँछुले पहिलो दिन ८० प्रतिशत अकुपेन्सि कायम गरेको थियो भने दोश्रो दिन अर्थात शनिवार ८५ प्रतिशत अकुपेन्सि कायम गरेको थियो ।राजधानी र राजधानी बाहिरका अधिकांश सिंगल थिएटरहरु हाउसफुल भएको थियो । राजधानीका धेरै हलमा ओभरफ्लोका कारण कैयौं थप पर्दाहरु हाउसफुल रह्यो । शनिवार मात्र हैन आईतवार पनि राजधानीका हलहरु हाउसफुल भए । गुण, गोपी, अष्ट लगायतका हलमा शनिवार जस्तै आईतवार पनि धेरै पर्दाहरु हाउसफुल भए । मल्टिप्लेक्समा हलहरुमा शो थपिएको छ । क्युएफएक्समा हिन्दी चलचित्र जग्गा जासुस र नेपाली चलचित्र सायद २ को २/२ शो घटाएर म यस्तो गीत गाउँछुलाई थपिएको छ । सोमवारदेखी ९ शो कायम गरिएको छ ।
लगातार हाउसफुल भएको चलचित्र म यस्तो गीत गाउँछुलाई राजधानीमा रेखा थापा र गोपालकाजी कायस्थले संयुक्त रुपमा वितरण गरेका हुन् भने काठमाडौं बाहिर मनोज राठीले वितरण गरेका हुन् । वितरकहरुका अनुसार फिल्मले करौडौं व्यापार गरेको रिपोर्ट बाहिर आएको छ । तर फिल्मी फण्डाले राजधानी प्रमूख हलहरु र मोफसलका ठूलाहलरुको आधारमा अहिले सम्मको बक्स अफिस रिपोर्ट तयार पारेका छौं । फिल्म म यस्तो गीत गाउँछुले आईबार सम्म निर्माताको हातमा ४० लाख रुपैया पार्न सफल भएको छ ।
राजधानीको व्यापार चलचित्रका वितरकहरुका अनुसार आईतवार सम्म फिल्मले एक करोड २० लाख संकलन गरेको भनिएता पनि फिल्मले निर्माताको लागि ४० लाख नेट मात्रै व्यापार गरेको हो । फिल्मको व्यापार आईतवार पनि शुक्रवारको भन्दा बढि भएको छ भने सोमवारबाट थप हल र शोहरु थपिएका छन् । फिल्ममा पल र पुजाको जोडीलाई निकै रुचाएका छन् भने राजाराम पौडेलको कमेडीलाई पनि दर्शकले रुचाएका छन् ।
यस्तै म यस्तो गीत गाउँछुसँग प्रदर्शन भएको सुनिल रावल निर्मित चलचित्र सायद २ लाई दर्शकको साथ कम भएको छ । चलचित्र सायद हिट पछि रावलले सायद २ बनाएका हुन् । तर सायद २ ले सायदले जस्तै व्यापार गर्न सकिरहेको छैन । पहिलो दिन ३५ प्रतिशत अकुपेन्सि कायम गरेको सायद २ ले दोश्रो दिन ४० प्रतिशत कायम गरेको थियो । आईतवार भने फिल्मले ३० प्रतिशत मात्रै अकुपेन्सि कायम गरेको हो ।
म यस्तो गीत गाउँछुकै कारण सिंगल थिएटरमा सानो हलमा चित्त बुझाउनु परेको सायद २ ले आईतवारबाट मल्टिप्लेक्सको शो पनि घटाउनु परेको छ । फिल्मलाई राजधानीमा डिसिएनले वितरण गरेका हुन् भने काठमाडौं बाहिर एफडि कम्पनिले वितरण गरेका हुन् । राजधानीको व्यापार वितरकहरुका अनुसार फिल्मले तीन दिनमा ४० लाखको कारोवार गरिएको भनिएता पनि हलहरुबाट आएको रिपोर्ट हेर्दा निर्माताले नेट ८ लाख मात्रै पाउने भएका छन् ।
निर्माता सुनिल रावलका अनुसार फिल्मले विस्तारै व्यापार बढाउने दावी गरेका छन् । तर मल्टिप्लेक्सका हलहरुमा सायद २ को शो काटेका छन् । फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्म हेरेका दर्शकले अमृत ढुङ्गानाको अभिनयलाई रुचाईएको छ भने शुशिल श्रेष्ठको अभिनय कमजोर भएको प्रतिक्रिया दिएका छन् । पुष्पराज न्यौपानेले निर्देशन गरेको फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता रहेका छन् । आईतवार सम्म ३ दिन भएतापनि व्यापार शुक्रवार र शनिवारको मात्र प्रस्तुत गरिएको छ । जसमा राजधानी बाहिरको व्यापार रिपोर्ट आउन बाँकी छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस