भुमिकाको दियौं चुरोट तीज गीत सार्वजनिक

फिल्मी फण्डा । चर्चित गायिका भुमिका गिरीको तीज गीत दियौं चुरोट बोलको गीत सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट उक्त गीत सार्वजनिक गरिएको हो । पशुपति शर्मा र भुमिका गिरीको स्वर रहेको उक्त गीतलाई पशुपति शर्माले लेखेका हुन् भने संगीत पनि पशुपति शर्माकै रहेको छ ।
गायिका भुमिका गिरी मोडल निक्स शर्मासँग आफै फिचरीङमा देखिएकी छिन् । उनले आफ्नै गीतमा अभिनय गर्दै तीजलाई लक्षित गएिको उक्त गीतलाई सबै दर्शक श्रोताले मन पराउने दावी गरिन् । दुर्गा पौडेलले खिचेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने प्रविन भट्टले सम्पादन गरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस