• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बलिउड कुन स्टारले कति पारिश्रमिक लिन्छन् ?

  • 2017-07-07 
  • प्रकाशित

    Spread the love

    एउटा फिल्ममा अभिनय गरे बापत बलिउड स्टारले कति पारिश्रमिक लिन्छन् होला रु सहजै अनुमान गर्न गाह्रो छ । जब–जब फिल्म हिट हुन्छ, उनीहरुको मूल्य पनि त्यही अनुरुप आकासिन्छ । जस्तो कि, ’बजीराव मस्तानी’ सुपरहिट भएपछि रणवीर सिंहले आफ्नो पारिश्रमिक तीन गुणा बढाए । त्यसअघि उनले तीन देखि पाँच करोड भारु लिदै आएका थिए । अब उनी भारु दश करोड लिन थालेका छन् ।

     

    वरुण धवन

    वरुण धवनको अहिलेसम्म आठ वटा फिल्म प्रदर्शनमा आइसकेको छ । यसमध्ये कुनैपनि फिल्मले घाटा व्यहोर्नु परेन । उनले एउटा फिलमबाट पाँचदेखि सात करोड भारु लिन्थे । तर, ’बद्रीनाथ की दुल्हनिया’ पछि उनको पारिश्रमिक भारु १० देखि १२ करोड रुपैयाँ भयो ।

    रणबीर कपुर

    पछिल्लो समय फिल्मी करियर लगातार ओह्रालो लागेपनि रणबीर कपुरको क्रेज घटेको छैन । त्यसो त उनका थुप्रै फिल्म छन्, जसलाई दर्शकले अझैपनि सम्भिmरहेका छन् । रकस्टार, बर्फी, ए जवानी है दिवानी जस्ता फिल्मबाट भिन्न भिन्नै भूमिकामा आफुलाई अब्बल सावित गरेका उनको पारिश्रमिक चर्को छ । उनी एउटा फिल्ममा अभिनय गरे बापत भारु २० देखि २५ करोड रुपैयाँ पारिश्रमिक बुझ्छन् ।

    अमिताभ बच्चन

    भलै उमेरले ७५ बर्षका नजिक पुगिसकेकै किन नहोस्, अमिताभ बच्चनको बलिउडमा दर्बिलो उपस्थिती छ । उनी फिल्ममा आफ्नो भूमिका अनुसार पारिश्रमिक निर्धारण गर्छन् । उनी प्रतिफिल्म भारु १२ देखि १५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन् ।

    हृतिक रोशन

    हृतिक रोशन कम फिल्म खेल्छन् । तर, बिरलै फिल्म छन् असफल भएको । लामो समयदेखि एउटै लयमा बगिरहेका अभिनेता हुन् हृतिक । उनी एउटा फिल्ममा अभिनय गरे बापत भारु ३० देखि ४० करोड रुपैयाँ लिने गर्छन् । कहिले कहिं यो भन्दा बढी पारिश्रमिक पनि माग गर्छन् ।

    अजय देवगन

    अजय देवगनको पनि बलिउडमा छुटै क्रेज छ । उनका समकक्षीहरु लाखापाखा लागेपनि उनी निरन्तर बलिउडमा चम्किरहेका छन् । अजय फिल्मको बजेट अनुसार आफ्नो पारिश्रमिक निर्धारण गर्छन् । उनको पारिश्रमिक भारु ३० देखि ४० करोड रुपैयाँ छ ।

    अक्षय कुमार

    ‘खिलाडी ब्वाई’ अक्षय धेरै फिल्मखेल्नेमा गनिन्छन् । त्यसो त पारिश्रमिक असुल्नेमा पनि उनी निकै अगाडि छन् । अक्षयले एउटा फिल्ममा अभिनय गरे वापत भारु ४० देखि ५० करोड रुपैयाँसम्म लिन्छन् । कहिले कहि फिल्मको मुनाफाको हिस्सा पनि लिन्छन् ।

    आमिर खान

    आमिर निकै महंगा अभिनेता हुन्, जसको फिल्म प्रदर्शनअघि नै बहुप्रतिक्षित हुनेगर्छ । उनी एउटा फिल्ममा अभिनय गरे वापत पारिश्रमिक मात्र बुझ्दैनन्, त्यसको मुनाफाको भाग पनि खोज्छन् । कतिसम्म भने, ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘दंगल’ जस्ता फिल्म गरेपछि उनले भारु १ सय ५० करोड रुपैयाँभन्दा बढी कमाई गरे । आमिरलाई थाहा छ कि, उनको फिल्म हिट हुन्छ । त्यही भएर उनी पारिश्रमिकसँग मुनाफाको हिस्सा पनि लिन्छन् । उनले पारिश्रमिक वापत भारु ६० करोडसम्म लिन्छन् ।

    शाहरुख खान

    विश्वकै सर्वाधिक कमाई गर्नेमध्येका एक अभिनेता हुन् शाहरुख खान । तर, कहिले कहि उनी फिल्म खेल्नुअघि पारिश्रमिकमा वार्गेनिङ गर्दैनन् । खासगरी करण जौहर र आदित्य चोपडाको फिल्म खेल्ने बेला उनले पारिश्रमिकबारे चासो राख्दैनन् । जति दिन्छन्, सहर्ष लिन्छन् । त्यसो त उनी भारु ४५ करोडसम्म लिन्छन् । तर, अधिकांश फिल्ममा उनी लाभको हिस्सा पनि खोज्छन् । आफ्नो फिल्मको मार्केटिङबाट पनि उनी करोडौं कमाउँछन् । कतिपय फिल्ममा उनले सय करोड भारु भन्दा बढी कमाई गरेका छन् ।

    सलमान खान

    अब कुरा गरौं ‘दबंग ब्वाई’ सलमानको । भलै उनको फिल्मले गतिलो कारोबार नगरेपनि सलमानको क्रेज घट्दैन । उनी फिल्मको कमाईको हिस्सा  लिन्छन् । उनले फिल्मको मुनाफामा ७० देखि ८५ प्रतिशतसम्म आफ्नो भाग खोज्छन् । ‘सुल्तान’मा उनले भारु सय करोड भन्दा बढी कमाइ गरेका थिए । सलमान फिल्मबाट पारिश्रमिक चाहि भारु ६० करोड वा त्यो भन्दा बढी लिने गर्छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073