• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रेम गीत २ ले कमायो दुई दिनमा ७५ लाख, रुद्र २५ मा सिमित(भिडियो)

  • 2017-07-30 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । शुक्रवारबाट प्रदर्शनमा आएको दुई चलचित्र प्रेम गीत २ र रुद्रको व्यापार सुखद् र सन्तोषजनक रहेको छ । फिल्म प्रेमगीत २ को व्यापार सुखद् हो भने रुद्रको सन्तोषजनक रहेको छ । शुरुको दिनमा ७५ प्रतिशत अकुपेन्सि कायम गरेको प्रेम गीत २ ले दोश्रो दिन अर्थात शनिवार ९० प्रतिशत अकुपेन्सि कायम गरे । वितरक गोविन्द शाही र मनोज राठीका अनुसार फिल्मले देशभरीबाट एक करोड माथिको व्यापार गरेको थियो । जसबाट निर्माता सन्तोष सेनको हातमा भने ३५ लाख पर्ने निश्चित देखिन्छ ।

    पहिलो दिन नेट ३५ लाख कमाएको प्रेम गीतले दोश्रो दिन शनिवार पनि उस्तै व्यापार गरेको थियो । वितरककै अनुसार देशभरीबाट शनिवार फिल्मले १ करो २५ लाख माथिको व्यापार गरेको छ । जसबाट निर्माताको हातमा ४० लाख पर्ने देखिन्छ । यसरी दुई दिनमा झण्डै साह्रे २ करोड व्यापार गरेको प्रेम गीत २ ले निर्माताको लागि ७५ लाख नेट कमाएको देखिन्छ ।

    निर्माता सन्तोष सेनले यो व्यापारलाई सुखद् मानिएको छ । राम शरण पाठक निर्देशित फिल्म आफैमा प्रेम गीत को ब्राण्ड सिक्वेल फिल्म हो । अर्को अर्थमा प्रदिपलाई पनि दर्शकले निकै रुचाएका छन् । नेपाल देखी म्यानमार सम्मको कथा र त्यस बिच प्रेम जोडीको प्रेमको वारेमा फिल्मले वर्णन गर्नेछ । फिल्ममा प्रदिपको अलवा अश्लेशा, सन्तोष सेन, शिशिर भण्डारी लगायतको मूख्य भुमिका रहेको छ । आईतवार पनि फ्रिल्मले राम्रो व्यापार गर्ने अनुमान छ ।

    यस्तै फिल्म रुद्रले भने देशभरी सानो र सिंगल थिएटरमै चित्त बुझाउनु प¥यो । र पनि लागेका साना हलहरुमा रुद्र शुक्रवार र शनिवार हाउसफुल भयो । देशभरी बाट शुक्रवार र शनिवार गरेर झण्डै ७० लाखको कारोवार गरेको फिल्मले निर्माताको लागि भने २० देखी २५ लाख मात्रै सुरक्षित गर्ने देखिन्छ । आईतवारबाट फिल्मको व्यापारमा उत्तार चदाव आउन सक्ने अनुमान गरिएको छ । रामजी लामिछाने निर्देशित फिल्मलाई निखील उप्रेती प्रोडक्शनमै निर्माण गरिएको हो । जसमा निखीलको अलवा सारा र विश्व शर्माको पनि मूख्य भुमिका रहेको छ । निखील स्टार डमको क्रेज भने यो पटक खासै देखिएको छैन ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073