दिपेन्द्रले अर्को फिल्म गर्दै, सौगात फिल्ममा रहने पक्का

फिल्मी फण्डा । चलचित्र घामपानीबाट डेब्यु गरेका निर्देशक दिपेन्द्र लामाले अर्को चलचित्र निर्माण गर्ने भएका छन् । अन टाईटल राखिएको फिल्म गर्न लागेको निर्देशक लामाले नायकको रुपमा फिल्ममा सौगात मल्ललाई लिईने भएको छ ।
शुरुवाटमै घामपानीबाट सफलता हात पारेका सञ्चारकर्मी समेत रहेका निर्देशक लामाले दोश्रो चलचित्र पनि राम्रो हुने बताएका छन् । हाल फाटेको जुत्तामा व्यस्त नायकलाई लामाले बुधवार अनुबन्ध गरेका हुन् । फिल्ममा अरु कलाकार को–को रहने निक्र्यौल भएका छैन । हाल चलचित्रको स्क्रिप्ट भने सामिप्यराज तिमल्सिनाले लेखिरहेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस